शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

  • सोमवार, मंसिर २०, २०७८
१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् ।

सर्लाहीका एसपी कृष्ण प्रसाईले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । उनले भने– ‘किशोरीलाई मेडिकल गर्न पठाएका छौं, बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं ।’

बलात्कृत किशोरी बलरा नगरपालिका–५ घर भएकी मुस्लिम समुदायकी हुन् । एसपी प्रसाईले आरोपीको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् । बलात्कारमा चारजना संलग्न भएपनि प्रहरीले दुईजनालाई मात्र पक्रेर अरु दुईजनालाई उम्काउन खोजेको स्थानीयको आरोप छ ।राताेपाटी बाट साबार ।

चर्चामा

सम्बन्धित समाचार