शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • जब जहाजभित्र महिलाले बिरालोलाई स्तनपान गराउन थालिन्

जब जहाजभित्र महिलाले बिरालोलाई स्तनपान गराउन थालिन्

  • सोमवार, मंसिर २०, २०७८
जब जहाजभित्र महिलाले बिरालोलाई स्तनपान गराउन थालिन्

काठमाडौं — जहाजमा यात्रा गरिरहेको बेला जब एकजना महिलाले आफूसँगै लगेको बिरालोलाई आफ्नो स्तनपान गराउन थालिन् तब जहाजका यात्रुहरु असमञ्जसमा परे । सबै यात्रुका अगाडि महिलाले बिरालोलाई दूध चुसाउन थालेको घटनाले सबै यात्रुलाई हैरान बनायो ।

महिलाले बिरालोलाई स्तनपान गराउन थालेपछि जहाजका कर्मचारी आएर उनलाई रोक्न खोजेका थिए । जहाजभित्र त्यस्तो हर्कत नगर्न उनलाई आग्रह पनि गरियो । तर उनले बिरालोलाई स्तनपान जारी राखिन् ।

यो घटनासँग सम्बन्धित केही जानकारी तथा ट्वीटहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् । तथापि ती महिलाको पहिचान अहिलेसम्म खुलेको छैन ।

समाचार अनुसार ती महिला अमेरिकाको न्युयोर्कबाट अटलान्टा जानका लागि डेल्टा एयरलाइन्सको विमानमा यात्रा गरिरहेकी थिइन् । यात्राकै क्रममा जहाजका एयर होस्टेजले उनलाई बिरालोलाई स्तनपान गराइरहेको अवस्थामा फेला पारे ।

एयर होस्टेजले अरु यात्रुहरुलाई असजिलो महसुस भएको भन्दै उनलाई त्यसो नगर्न र बिरालोलाई ब्यागमै राख्न आग्रह गरे । तर महिलाले आग्रह अस्विकार गर्दै बिरालोलाई दूध चुसाउने कामलाई निरन्तरता दिइन् ।

ती महिलाले अटेरी गरेपछि जहाज चालक दलका सदस्यहरुले विमानस्थलका अधिकारीहरुसँग उजुरी गरे ।

पाइलटले विमानस्थलका ग्राउण्ड स्टाफलाई पठाएको सन्देशको स्क्रिनसट सोसल मिडियामा चर्चित बनिरहेको छ । उक्त घटनाको विषयमा सोही जहाजमा रहेकी एकजना एयर होस्टेजले पनि टिकटक बनाएर पोस्ट गरेकी छन् ।

स्मरण रहोस् अमेरिकाको डेल्टा एयरलाइन्सले यात्राका क्रममा आफ्ना स–साना पाल्तु कुकुर तथा बिरालो जहाजमा सँगै लैजान दिने गरेको छ । तर यात्रा अवधिभर जनावरलाई सिटमुनि क्यारियरमा राखिरहनु पर्दछ र काखमा लिन पाइँदैन ।

यात्रुलाई संवेगात्मक रुपमा टेवा पुर्याउने जनावरलाई जहाजमा सँगै लैजान मिल्ने नियमलाई कतिपय अवस्थामा यात्रुहरुले अपव्याख्या गर्ने गरेको डेल्टा एयरलाइन्सले जनाएको छ ।

कहिलेकाहीँ यात्रुहरुले संवेगात्मक टेवा पुर्याउने जनावर भन्दै टर्की चरा, सर्पदेखि माकुरासम्म पनि सँगै लैजाने प्रयास गर्ने गरेका छन् । –एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार