• होमपेज
  • समाचार
  • पसलमा आगलागी हुँदा ४ लाखको क्षती

पसलमा आगलागी हुँदा ४ लाखको क्षती

  • आइतवार, मंसिर १९, २०७८
पसलमा आगलागी हुँदा ४ लाखको क्षती

धनगढी — कञ्चनपुरको एक पसलमा आगलागी भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका -२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ।

शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षती भएको बताइएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार