• होमपेज
  • समाचार
  • बैंकको खाताबाट अन्यत्र रकम ट्रान्सफर गर्ने युवक पक्राउ

बैंकको खाताबाट अन्यत्र रकम ट्रान्सफर गर्ने युवक पक्राउ

  • शनिबार, मंसिर १८, २०७८
बैंकको खाताबाट अन्यत्र रकम ट्रान्सफर गर्ने युवक पक्राउ

अनलाईन ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका-६ घर भई हाल धनुषा जनकपुर मछलीबजार ठेगाना भएका १९ वर्षीय शेष फैसल छन् ।

पीडितको एनआइसी एशिया बैंकको खाताबाट कात्तिक ७ गते एक्कासी ५० हजार २ सय रुपैयाँ रकम अन्यत्र ट्रान्सफर भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त रकम पीडितको बैंकको खाताबाट आफ्नो वालेट आइडि हुँदै सिटिजन बैंक लि. मा रहेको शेष फैजलको नामको खातामा रकम रकमान्तर गरेको देखिएकोले उक्त ठगी कार्यमा संलग्न रहेका फैसललाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं एयरपोर्टबाट पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार