शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कमिलाको अनौठो व्यवहार : एक अर्काको मुखमा बान्ता गरेर मित्रता कायम !

कमिलाको अनौठो व्यवहार : एक अर्काको मुखमा बान्ता गरेर मित्रता कायम !

  • शनिबार, मंसिर १८, २०७८
कमिलाको अनौठो व्यवहार : एक अर्काको मुखमा बान्ता गरेर मित्रता कायम !

काठमाडौं– यो विशाल पृथ्वीमा करोडौँ प्रकारका जीवजन्तु छन् । पर्यावरण सन्तुलन राख्नका लागि प्रकृतिले सबै जीवहरुलाई अहम जिम्मेवारी दिएको हुन्छ । कमिला पनि यस्तो जीव हो जुन पर्यावरणका लागि निकै महत्वपूर्ण हुन्छ । मानिसमा जस्तै कमिलाले पनि एक आपसमा मित्रता कायम गर्दछ र सामाजिक बन्धनमा रहन्छ ।

तपाइँलाई सुन्दैमा अनौठो लाग्न सक्दछ कि कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर मित्रता कायम गर्दछन् । कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर सामाजिक बन्धन कायम गर्ने र सूचनाको आदानप्रदान गर्ने गर्दछन् ।

कमिलाको शरीरमा प्रमुख ३ भाग हुन्छन् । पहिलो भाग फोरगट, दोश्रो भाग मिडगट र तेश्रो हिन्डगट ।

पेटको सुरुवाती हिस्साको रुपमा रहेको फोरगटलाई सामाजिक पेट पनि भनिन्छ । त्यहीँ सामाजिक पेटको प्रयोग कमिलाहरुले मित्रता बढाउन तथा सूचना संकलनका लागि गर्दछन् ।

फोरगटमा रहेको बान्तालाई कमिलाहरुले सामाजिक मित्रता बढाउने काममा प्रयोग गर्दछन् । त्यसका लागि कमिलाले एक अर्काको मुखमा उल्टी गरिदिन्छन् । उक्त प्रक्रियालाई ट्रोफाल्याक्सिस भनिन्छ ।

कमिला सामाजिक प्राणी हो जुन सदैव कोलोनी अर्थात् झुण्ड बनाएर बस्दछ । कमिलाको समूहको प्रतिनिधित्व रानी कमिलाले गर्छिन्। कमिलाको गोलोमा भाले र पोथी कमिला सँगै रहन्छन् । भाले कमिलालाई उसको प्वाँखबाट चिन्न सकिन्छ भने पोथी कमिलाको प्वाँख हुँदैन ।

कमिलाको आँखा केवल देखावटी मात्र हुन्छ, अर्थात् आँखाले देख्दैन । खानाको खोजीमा बाहिर निस्किएको बेलामा कमिलाहरुले रानी कमिलाद्धारा छाडिएको फेरोमोन्स नामक रसायनको गन्ध सुँघेर एक अर्काको पछाडि लस्कर बनाएर हिँड्दछन् । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार