बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • नेकपा मसाल समन्वय समीति!

नेकपा मसाल समन्वय समीति!

  • शुक्रबार, मंसिर १७, २०७८
नेकपा मसाल समन्वय समीति!

सुरेशकुमार पान्डे — जागरण अभियान बाट पार्टीमा परिणित भयको संदेश सुनेपछि आफुलाई लागेको बिषय बस्तुलाई केरौँ कि भनेर दुईचार शब्द केर्दैछुँ।
कार्य नीति उहि रण नीति पनि उहि पार्टीको नाम उहि हो भने लडाई त जुँवाकोनै रैछ होईनर?
फरक केछ त?अनुसाशन मा रहनु न पर्ने जँहा जे बोलेपनि हुँने,आर्थिक हिसाब दिनु नपर्ने,पार्टीको समपत्ति कब्जा गर्न पाईने आदी त निस्यपनि होओन?
ने कपा मसालले मार्क्सवाद -लेनिनवाद र माओ बिचारधारालाई पदप्रदर्शक सिधान्त र चुनावलाई कार्यनीति प्रश्न मान्दै आएकोछ।आफ्नो स्थापना काल देखि पार्टीले क्रान्तिकारी शंघर्ष गर्दै आएकोछ।पार्टीलाई क्रान्तिकारी बाटोमा डोराउँन असामान्य शंघर्ष गर्दै आएको ईतिहाशछ।पार्टीले चुनावलाई आबस्याकतानुसार उपयोग र बहिस्कार पनि गर्दै आएकोछ।२०४८सालमा संसदिय निर्वाचनलाई पार्टीले बहिस्कार गर्यो।चुनावलाई अबस्था अनुसार उपयोग र बहिस्कार गर्न सकिने पार्टीको नियमनै छ।एउटा क्रान्तिकारी पार्टीले कुनैपनि काम पार्टीको उदेश्यलाई पुरागर्ने प्रयात्न गर्छन।पार्टीको नीति अन्तरगत बसेर पार्टीका काडरहरूले काम गर्नुपर्छ।आफुलाई जे लाग्यो त्यो गर्न कसैलेपनि पाईदैन।नेपालको ईतिहाशमा नेकपा मसालको बेग्लै प्रकारको छविछ।नीति नियम बनाउँन ब्यापक छलफल गर्ने र पार्टीको भित्र छलफलमा स्वतन्त्रता र फिल्डमा कार्यमा एकरूपता हुनैपर्छ।अनुसाशन र गोपनेतामा सबै रहनुपर्छ।अनुसाशन पार्टीको जीवन हो भन्नेबारे बुझ्नैपर्छ।मार्क्सवाद लेनिनवाद माओ त्सेतुङ बिचाराधारलाई आफ्नो पदपर्दर्शक सिधान्त मान्ने पार्टीले अनुसाशन बिना पार्टीको आयुछैन मन्नेकुरा बुझ्छ।
हामिले देखि रहेकाछौं पार्टी कयौं पल्ट फुट्नुको कारण पनि बुझेकाछौं।फुटेर गयका ब्याक्तिहरू कस्ता थिए र उनिहरू कुनठाउँमा पुगेकाछन भन्ने बारेपनि कसैबाट लुकेकोछैन।हामिले अहिले नयाँ पार्टी बनाउँने महान मित्रहरूको पार्टीको काम हेर्न बाँकिनैछ।उँहाहरूले सकेसम्म क्रान्तिकारी बाटो छोप्नुहुन्छकि भन्ने आसाथियो तर अंझै सम्म त्यस्तो कुनै चमत्कार भने भयकोछैन तर भबिस्यमा होला नहोला त्यो भबिस्यको गर्भमा भयको बिषयलाई अहिले भर्खर भबिष्य बाणि गर्दा उपयुक्त नहोला।बिस्तारै ब्यबहारे त्यो पनि पुष्टी गर्नेछ।अहिले त मात्र हामिहरूले उँहाहरूको एउटा बिचारलाई भने प्रष्ट रूपमा बुझियो जो पहिले देखून भन्दै आएका थियौँ।त्यो हो उनिहरूको झुठ।जनताको कार्यक्रताको माझमा उनिहरूले भन्दै आएको कुरा हामिले पार्टीलाई कहिलैई छाड्दैनौँ।जागरण अभियान त हाम्रो बिचार राख्ने ठाउँहो,आदि यित्यादि भनेर न थाक्ने हाम्रा प्रममित्रहरू अहिले राजनीतिक मञ्चमा आईपुगेकाछन।”मसाल समन्वय समिति”को नीति नेकपा मसालको नीति भन्दा खासै फरक छैन।आखिर किन छुट्टै पाल्टी खोल्नु पय्रो?किन मिलेर जान सकिएन?सवाल ब्यबहारिक रूपमा भनेको जस्तो नीति भन्दा ब्यबहारमा उतार्न नसकेका कुराहरू पनि आएकाछन।साहिद उनिहरूले नेकपा मसालमा मनपरि काम गर्न पाएनन् त्यसैले जागरणको बाटो समनवय समिति बनाएर अगाडि बढेका होलान।
धेरैजसो अनुसासित मित्रहरूपनि उँहाहरूका पछि पछि लागेर बैतरणि तर्ने मनसायले पछि लाग्नुभयकोछ।ठिकैछ उँहाहरूको छिट्टै भ्रम हट्नेछ।पार्टीको समपत्ति भनेको अनुसाशन हो त्यो बचाएर राख्न सके राम्रैहोला।कुनैपनि पार्टीमा अनुसाशनको महत्वपुर्ण योगदान हुन्छ भन्नेबारे बुझ्नुपर्छ।
नेकपा मसाल सानो पार्टी भयपनि देशभरीमा सबैभन्दा सहि नीति अगालेको एउटा जुझारू पार्टीहो।जस्ले देश र जनताको हितमा लगातार शंघर्ष गर्दै आएकोछ।२०४२साल यताको राजनीति आन्दोलनमा नेकपा (मसाल)को बेग्लै र बिशिष्ट शंघर्षको ईतिहाशछ।जहिलेपनि परिस्थितिको ठोंश मुल्यांकन गरेर सहि निर्णय लिएर अगाडि बढेको अहिले सम्मको राजनीति दुरदर्शियता नेकपा मसालको सम्पत्तिहो।नेकपा मसाल बाट अहिले सम्म जानुभयका मित्रहरूको अबस्था कसै सँग लुकेकोछैन। पार्टी भित्र राम्रा नराम्रा मानिसहरू हुन्छन तरपनि पार्टीले सधै आन्तरिक र बारम दुबै प्रकारको शंघर्ष गर्दै अगाडि बढ्नु पर्छ।त्यहि काम नेकपा मसालले गर्दै आएको पनिछ।अहिले पनि कतिपय साथिहरू कार्वाहिमा परेपछि अरू का.हरूलाई पनि कार्वाहि हौश भन्ने उदेश्यले समप्रक गर्दै उनिहरूलाई आफुतिर तान्ने प्रयात्न गर्दै आएकाले समय समयमा अरू ईमानदार कार्यक्रताहरूलाई समेत कार्वाहीमा पार्न प्रयात्न गर्दै आउनुभयकोछ।कुनै पनि राजनीतिक पार्टीले आफ्नो पार्टीको जराकाट्न थालेपछि अबस्यपनि कार्वाही गर्दछन।नेकपा मसाल त एउटा क्रान्तिकारी पार्टीहो।
उनिहरूले समान अन्तरका संगठन र पार्टी समेत सञ्चालन गर्दै आएका पनि छन र हामि कतै गयकाछैनौँ पनि भन्दै आएकाछन।प्रष्ट रूपमा भन्न सक्ने सहास उनिहरूको अंझैपनि छैन।कसैले आफुबसेको घरलाई भत्काउँन चाहाँदैन।
हामिले भन्छौ आखिर फुटेर कस्लाई फाईदा हुन्छ?तपाँईलाई वा हामिलाई?हामि मध्य कसैलाई एक ईञ्चको फाईदाछैन बरू धेरै नोक्सान हुनेछ।हामिहरू मिलेर मात्रै राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको शंघर्षमा विजय हासिल गर्न सक्नेछौँ।अन्यथा हाम्रो यो फुटले हाम्रो दुश्मन शक्तिको आयु बढाउँने बाहेक अरू केहि हुन सक्नेछैन।
अहिले उनिहरूको जागरण अभियान कुनै बैचारिक मञ्च नभयको कुराको पुस्टी समानातरको पार्टीको घोषणा भयपछि उनिहरूको उदेश्य पनि प्रष्ट भयकोछ।अब हामि यँहिछम साथि भनेर भ्रम दिने ठाउँ भनेछैन।

चर्चामा

सम्बन्धित समाचार