मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • युटुवर सोनिका रोकायाको अभिनय रहेको `फूलको थुङ्गाले’ गीत बजारमा (भिडियो सहित)

युटुवर सोनिका रोकायाको अभिनय रहेको `फूलको थुङ्गाले’ गीत बजारमा (भिडियो सहित)

  • शुक्रबार, मंसिर १७, २०७८
युटुवर सोनिका रोकायाको अभिनय रहेको `फूलको थुङ्गाले’ गीत बजारमा (भिडियो सहित)

अर्थ जङ्ग शाही/बझाङ  — चर्चित गायक राज सिग्देल र प्रीति आलेको समधुर आवाज रहेको गीत बजारमा आएको छ । बैदेशिक रोजगारीमा गएका श्रीमान र घरमा एक्लै भएकी श्रीमतीको कथा देखाउन खोजिएको ‘फुलको थुङ्गाले, सक्छौ भने मुर्सादेउ फुलको थुङ्गाले, काटिदेउ निरमाया घोच्यो मलाई तिम्रो जुङ्गाले’ बोलको गीतमा शब्द संगीत डीआर सुजनको रहेको छ ।

सो गीतमा कलाकारहरू डीआर सुजन, सोनिका रोकाया, नविना सिलवाल, सुरवीर पण्डित, अन्जु कार्की र अर्जुन कार्कीको मिठो अभिनय पनि रहेको छ । भिडियोमा सोनिकालाई श्रीमान विदेश गएकी महिलाका रूपमा देखाइएको छ । श्रीमान विदेशमा रहँदा गाउँका अरू नै केटासँग उनको प्रेम सम्बन्ध रहेको देखाउन खोजिएको छ ।

‘आउँछौ दिनकैं गर्दैनौं विहे नि, खुःशी हुन्नौं सबैथोक दिए नि’ बाट सुरु भएको गीतको अन्त्य ‘बैंस जोवन अर्कैसँग साटियो, तिम्लाई कुर्दा ४० अ‍ैं काटियो’ मा हुन्छ । भिडियोमा सोनिकाको श्रीमानको भुमिकामा सुरवीर पण्डित रहेका छन् । सम्पादन विकास ज्ञवालीको रहँदा सिनेम्याटोग्राफर रेशम दर्लामी रहेका छन् ।

फुलको थुङ्गाको निर्माता सुजन शर्मा रेग्मी रहेका छन् भने निर्देशन डीआर सुजनको रहेको छ । डीआर सुजनको आफ्नै युट्यब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शकहरूले राम्रै माया दिइरहेका छन् ।

बझाङको सुन्दर रमणीय ठाउँ खप्तडको काखमा घर भएकी युटुवर सोनिका रोकाया अहिले धेरै चर्चामा उदाएकी मोडेल,युटुवर र उद्धघोषिका पनि हुन्।

साँथै आफ्नो युटुव च्यानल The Sonica Show मा पनि यो भिडियो हालेको उनले बताइन्।

चर्चामा

सम्बन्धित समाचार