आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • चितुवाको छालासहित ३ जना पक्राउ

चितुवाको छालासहित ३ जना पक्राउ

  • बुधबार, मंसिर १५, २०७८
चितुवाको छालासहित ३ जना पक्राउ

चितुवाको छाला सहित प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतान छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको छ ।

मंगलबार आरोपीहरु चितुवको छाला बेच्नका लागि एयरपोर्ट सेकुवा कर्नरमा गएका थिए । उनिहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाइएको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार