शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • शंघर्ष को स्वरूप!

शंघर्ष को स्वरूप!

  • बुधबार, मंसिर १५, २०७८
शंघर्ष को स्वरूप!

सुरेशकुमार पान्डे– मार्क्सवादीहरू भन्नाले द्वौन्दवादि/भौतिकवादी नै हुँन,अरू होईनन।भौतिकवादीहरू आदर्शवादी हुँदैनन्।हामिले भन्न खोजेको बिषय बस्तु भनेको “विज्ञान”हो।कार्ल मार्क्सले धर्मलाई अफिमको नसा भनेको जस्तै आदर्शवादी बिचाराधारालाई पनि बुझ्नु पर्छ।शंघर्ष को अर्थ सम्झौता हुँनै सक्दैन तर शंघर्षका स्वरूप भने बिभिन्न खाले हुन सक्छन।
एउटा क्रान्तिकारी पार्टीले शंघर्ष गर्ने त्यो तरिका के हो भने आफ्नो गनतब्य सम्म पुग्नको लागि शंघर्ष को स्वरूप त्यसैलाई टार्गेट बनाएर तय गरिन्छ।मानिदिंयौँ एउटा क्रान्तिकारी कम्युनिस्टको अन्तिम लक्ष भनेको केहो भने साम्मेवादी ब्यबस्था तर यदि हामिले साम्मवादी ब्यबस्था भन्दा तलको शंघर्ष लाई उपक्षा गर्छौँ भने के हामि हाम्रो आन्दोलन सफल हुन्छ?कदापि हुँदैन।अहिले त समाजवादी क्रान्तिपनि हुनसक्ने अबस्था छैन।अंझ हाम्रो नेपालमा त पुँजिवादी क्रान्तिपनि भयकोछैन।अहिले पनि हाम्रो देश अर्ध सामन्ति खालकोछ।देशमा पुँजिको बिकास गर्नलाई हामिले अहिले कृषि क्रान्तिलाई आधारभुत सर्त मान्छौ।यानि कि हामि साम्यवादि ब्यबस्थामा पुग्न पहिलो न्युनतम क्रायक्रम भनेको केरैछ त भनेर भन्नुपर्दा पहिलो सर्त नयाँ जनवादि क्रान्ति,यानिकी कृर्षि क्रान्ति।
त्यो पनि मुख्यतयःपुँजिवादी क्रान्तिनै हो।आखिर एउटा कम्युनिष्ट पार्टीले किन पुँजिवादी क्रान्ति गर्नु पय्रो?किन भने देशभित्र गरिब सर्वहारा बर्गले सत्ता हात लिएपछि देशभित्र आर्थिक भयन भने देशका जनतालाई कस्तो खालको सुभिदा दिन सकिन्छ।जबकि मानिसलाई चाहिने समान ,”आधारभुत उपभोग्य बस्तुहरू लाई दिन सकिएन मने देशका नागरिक कसरि जिवित रहन सक्छन?अंझ भन्नुपर्दा उनिहरू बुजुर्वाशक्तिका सिकार भयर पुन देशभित्र प्रतिक्रान्ति हुन्छ।मानि देउँ हाम्रो देशमा उत्पादन का साधनहरू छैन त्यो समानलाई हामिले बिदेशभाट ल्याउँनु पय्रो भने कसरि ल्याउ्न सकिन्छ?बिना धन त्यो देशले हामिलाई उपभोगको बस्तु दिएन भने हाम्रो हरिगति कस्तो होला त्यो हरकसैले पनि अनुमान लगाउँन सकिन्छ।
नेपालमा सबै जसो उपभोग्य बस्तुहरू बिदेशबाट आयत गरिन्छ।निर्यात गर्ने त समाननै छैन सबै बस्तुहरू आयातनै गर्छौँ।हामिले निर्यात गर्ने भनेको कच्चा पदार्थ नै हो।अहिले रामदेवलाई देशको जमिन उपलब्दि गराएर सरकारले त्यो तानासाहि कार्ययोजना बनायो त्यो डिलो चांडो राष्टघाति नै हून्ज।
समाजवादी देश आफैमा आत्मनिर्भर हुनुपर्छ।जुन देशमा आर्थिक आयस्रोत छैन त्यो देश कसरि आत्म निर्भर हुन सक्छ?यो पहिलो पश्रन हो।जब सम्म देश आत्मनिर्भर हुँदैन त्यो बेला सम्म देशमा समाजवादी ब्यबस्था अड्डिन सक्दैन।जब सम्म समाजवादी ब्यबस्था बलियो हुँदैन त्यँहाको राजनीति पाईलो साम्यबादी दिशा तर्फ जान दिईदैन।कम्युनिष्ट पार्टीको मक्सद भनेको पहिलो आधारभुत आबस्याकता नौलो जनवादी ब्यबस्था थियो।हामि गरिब किसान महिँला बुद्धिजिवि समाजका धेरै उत्पिडित बर्गहरूले समाजवादी ब्यबस्थामा गएर मात्र आफ्नो उप्रभयको अन्याय अत्याचार दमन आदिलाई समाप्त पार्न सक्छ।यानिकी शोषित बर्गको भलो मात्र समाजवादि ब्यबस्थामा मात्र सम्भबछ।सोशित बर्गको दर्शन भनेको कम्युनिष्ट बिचारधारानै हो।हामि कम्युनिष्ट नभयपनि शंघर्ष त गरिरहेका हुन्छौँ।आ-आफ्ना समस्यकालागि शंघर्ष गर्दै आएकाछौँ।तर यहि शंघर्ष लाई हामिले मिलेर लड्यौँ भनि मात्र हामिले विजय प्राप्त गर्न सक्छौँ भन्ने लागेर नै बर्गशंघर्षको नारा दिए।कार्ल मार्क्सले जनतामा सबैभन्दा क्रान्तिकारी बर्ग भनेर गरिबलाई भन्नु हुन्छ।गरिब सर्वहारा र सुकुम बासि लाई देशको महान क्रान्तिका आधारभुत बर्गको रूपमा चित्रण गर्नु भयकोछ।
यसरि हामिले शंघर्ष गर्ने बाटाहरू पनि भिन्न भिन्न देशमा फिजिएकाछन।तर हामि सबैको उदेश्य भनेको एउटै हो।कम्यिनिष्टहरूको उदेश्य नयाँ जनवादी ब्यबस्था बाट समाजवाद र सम्मेवाद हो।यो सत्य हुँदाहुदैपनि हामिहरूको योजनानुसारको कार्यक्रम बर्गशंघर्ष बाट बहिगर्मित हुनु निस्कृय हुनु वा पलान हुनु भनेको एक प्रकारको बिड्मबनानै हुन्छ।अहिले नेकपा मसाल बाट कार्वाहिमा पर्नुभयका मित्रहरूले जनजागरण अभियान भन्दै “नेकपा (मसाल)समनवय समीति”बनाएर त्यहि काम गर्नु भयो।वास्तबिक रूपमा एउटा जीवीत पार्टि भित्र कयौं बिचारहरूको जनम हुन्छ छलफल हुन्छ।र एउटा निसक्रस निस्किन्छ र कार्यन्वयन हुन्छ।तर त्यो जब रोग बनेर फैलिन्छ त्यसबाट निश्चित रूपमा सहमति सम्भव हुँन्न र त्यो भाग टुक्रिन्छ।त्यहि प्रकारले अहिलेउनिहरूको त्यो ब्यबहारले बतायो।आखिर अनिश्चितताःलामू समय सम्म रहन सक्दैन त्यो भित्रभित्रै जलेको लावाको धुँवा आखिर एकदिन भाईर आउँनुनै थियो जो आएर छाड्यो।हामिले फेरिपनि कामना के गर्छौं भने उँहाहरू अहिले जुन बिचार लिएर शंघर्ष गर्दै गर्नुहुन्छ।त्यो ठाउँमा पनि लामू समय सम्म शंघर्ष गरेर एउटा जुझारू पार्टी को निर्माण गर्न सक्नुहोला त्यहि कामना गर्छौँ।हामिले हाम्रा मित्रहरूका लागि यो भन्दा बढि शुभ कामना दिन सकिदैन।मानिसले जब भ्रमको खेति गर्ने योजना बनाउँछ एक पछि एक झुठ बोल्दै जान्छ भन्नेकुरा अब न लुकेको हुनुपर्छ।
फुटले कसैको भलो गर्दैन देश र जनताको रक्षा भनेको देशभित्रका क्रान्तिकारी देशभक्तहरूको एकताले मात्रै सम्भवछ।अहिले हामिले अप्नाएको ब्यबहारले त्यो कुरालाउ छर्लङ्गै पारेकोछ।दुश्मन शक्ति सँगपनि एकता गरेर देशलाई जोगाउँनु भनेको आफ्नो पार्टी समेतलाई एउटा ऐतिहाशिक दुर्घट्नामा हाल्नु वा असामन्य रिक्स लिनु हुन्छ।जो नेकपा मसालको ईतिहाश मा कयौं पल्ट राष्ट्रीयता जनतन्त्रको फाईदाको लागि यो रिक्स लिंदै आएको जगजाहेर छ।

चर्चामा

सम्बन्धित समाचार