शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • निर्वाचन कार्यक्रम ८ बजेदेखि सुरू, १२ बजेसम्म उम्मेदवार फाइनल, मतदान राति

निर्वाचन कार्यक्रम ८ बजेदेखि सुरू, १२ बजेसम्म उम्मेदवार फाइनल, मतदान राति

  • सोमवार, मंसिर १३, २०७८
निर्वाचन कार्यक्रम ८ बजेदेखि सुरू, १२ बजेसम्म उम्मेदवार फाइनल, मतदान राति

नेकपा एमाले दसौं महाधिवेशनको निर्वाचन कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।

यसबीच अहिले भर्खरै बन्दसत्र कार्यक्रम सुरू भएको छ। अध्यक्ष ओलीले बन्दसत्रमा आफ्नो भाषण सुरू गरेका छन्।

निर्वाचन समितिले आजै राति १ बजेसम्ममा नामावली दर्ता, त्यसलगत्तै दाबी विरोध र रातको २ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी यसअघि निर्वाचन कार्यतालिका ल्याएको थियो। तर समितिले सबै कार्यतालिका सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको हो।

नयाँ निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली १२:०५ मा प्रकाशन हुनेछ भने मतदान राति ९ बजेदेखि मंगलबार बिहान ३ बजेसम्म चल्नेछ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो। तर सर्वसम्मति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका राति अबेर ११ बजे प्रकाशन गरिएको थियो।

एमालेमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल निर्वाचनको पक्षमा छन्। उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन्।

राति अबेर बसेको महाधिवेशन सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलको बैठकपछि रावलले आफू निर्वाचन लड्ने बताएका छन्। ‘सहमति कहाँ के कसो भएको हो मलाइ थाहा छैन,’ रावलले भने, ‘म निर्वाचन लड्छु।

नयाँ निर्वाचन कार्यक्रम यस्तो छ:

चर्चामा

सम्बन्धित समाचार