• होमपेज
  • समाचार
  • नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय

नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय

  • आइतवार, मंसिर १२, २०७८
नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय

काठमाडौँ — नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने भारतीय मूलका क्यानडाली नागरिक असिफ अमिराली अलिभाई जेठालाई ३० वर्ष कैद सजायको फैसला सुनाएको छ।

केन्याको अदालतले उनलाई ३० वर्षको जेल सजाय सुनाएको केन्याको सञ्चार माध्यम https://www.mwakilishi.com ले जनाएको छ । उनलाई नेपाली युवती तस्करीमा दोषी ठहर गर्दै सजाय सुनाइएको हो ।

समाचार अनुसार उनीमाथि नेपाली युवतीको तस्करी र बेचबिखन गरेको तथा अरूको राहदानी नियन्त्रणमा लिएको आरोप लगाइएको थियो। सोही आरोपमा उनलाई ११ लाख केन्याली मुद्रा सिलिङ जरिवाना गरिएको छ।

सन् २०१९ मा स्थानीय प्रहरीले केन्याको मोम्बासास्थित रङ्गिला ग्रिल एन्ड बारमा छापा मारेर १२ जना नेपाली युवतीको उद्धार गरेर नेपाल फर्काएको थियो।

उद्धार गरिएकामा २ जना नेपाली युवतीको उमेर १६ र १७ वर्ष रहेको खुलेको थियो। ८ जना २२ र २६ बिचका थिए भने २ जना ३० वर्षका थिए।
नेपाली युवतीहरुलाई केन्या लगेर जबरजस्ती डान्स बारमा काम लगाएको खुलासा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार