शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नेकपा माओवादी केन्द्र त्रिवेणि नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र त्रिवेणि नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न

  • शुक्रबार, मंसिर १०, २०७८
नेकपा माओवादी केन्द्र त्रिवेणि नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न

बाजुरा — नेकपा माओवादी केन्द्र त्रिवेणि नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न गरिएको छ । साे कार्यक्रम को अध्यक्षता सांस्कृतिक संगठन बाजुरा जिल्ला संयोजक क. तुफान बुढा रहनु भएको थियो भने ,कार्यक्रमको प्रमुख अथिती नेकपा माओवादी केन्द्र बाजुरा जिल्ला सचिवालय सदस्य तथा नेपाल मजदुर किसान संगठन बाजुरा जिल्ला संयोजक बल बुढा रहनुभएको थियाे भने कार्यक्रम संचालन भने मोति सिंह बोहराले गर्नुभएको थियो । उक्त सम्मेलन मा दल बहादुर बुढा को नेतृत्व मा २९ जना सदस्यीय पदाधिकारी सहित वडा सम्मेलन सम्पन्न गरिएको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी बाजुरा जिल्ला सदस्य तथा त्रिवेणि नगरपालिका संयोजक बिक्रम बुढाले जानकारी दिनुभएको छ, जस अन्तर्गत –
अध्यक्ष : क. दल बहादुर बुढा
उपाध्यक्ष : क. सगुने बुढा
कोषाध्यक्ष : क. हिरा देबि बुढा
सचीव : क. मोति सिंह बोहरा
सहसचिव : क. टेक बहादुर बुढा सहित २९ जना वडा कमिटी सदस्य गठन गरिएको बताउनुभएको छ । यो वडा नेकपा एमाले सचीव भरत बुढा को गृह वडा समेत हो पहिला केही आश्वासन र झुट बोलेर एमाले बनाएका कार्यकर्ता पनि एमाले ले जनताको भावना अनुरुप काम नगर्ने र नेतृत्व ले सधै झुट मात्र बिल्ने र जनताका काम कहिल्यै नगर्ने भन्दै दिन प्रतिदिन एमाले छोडेर माओवादी केन्द्र मा आउनेगरेको अनेरास्ववीयु क्रान्तिकारीका जिल्ला अध्यक्ष (बिद्यार्थी नेता ) खेमराज साउँले  जानकारी दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार