बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • पार्टीहरूको माअधिबेशनले उठाएको प्रश्न।

पार्टीहरूको माअधिबेशनले उठाएको प्रश्न।

  • बिहिबार, मंसिर ९, २०७८
पार्टीहरूको माअधिबेशनले उठाएको प्रश्न।

सुरेशकुमार पान्डे — अहिले एमाले कांग्रेस माओवादी लगाएतका कयौं पार्टीहरूको सम्मेलन महाधिबेशन का लागि प्रतिनिधि चुन्ने काम हुँदैछ।अहिले महाधिबेशनकै लागि प्रतिनिधि चुन्नेबेलामा पनि पिटा पिट हुन्छ।कतै गोलि समेत चलेको खबरहरू सार्वजनिक भयकाछन।राजनीतिक पार्टीमा बिचारको छलबल,सिधान्तको छलफलका लागि तलबाट गतिला देशभक्त गणतान्त्रिक शक्ति लाई छानेर माथि पठाएपछि उनिहरूले सैधान्तिक छलफल गरेर राम्रो राष्ट्रीयताको हितमा कामगर्न सक्ने शक्षम नेतृत्व चयन गर्न सक्छन।त्यो देशभक्त पार्टीले उठाएका उमिदवारहरूले देशको लागि जनताको हितमा काम गर्छन।तर अहिले त्यसो हुँनसकेको छैन,किन कि अहिले नेताहरूमा जीत्नकै लागि एउटाले आर्काको ज्यान समेत लिने गरिन्छ।त्यो किन भने अहिलेका राजनीति गर्ने नेताहरूले पेसाको लागि राजनीति गर्न थालेका छन।
हाम्रो देशमा अलि धेरै पैसाहुनेले जमिन किनेर पलाटिङ गर्न थाल्यो।पैसा नहुने पढेलेखेका सोझा युवाहरू बिदेश जाने जानका लागि बिजा प्राप्त गर्न रहादानि बनाउंन थाले।रिन सापट पनि नमिल्नेहरू लाहुरे भयकाछन।अलि अलि लड्न जानेका,भाषण गर्न जानेका झुठ बोल्न जानेकाहरू धेरैमात्रामा राजनीति गर्न थाले त्यसकारणले गर्दा अहिलेको राजनीति भ्रषटचारको खेति हुन थाल्यो।एउटै पार्टी भित्र कयौं गुटहरू बन्ने र केन्द्रमा पुग्न मारधाड गर्ने यानिकी पदका लागि एउटाले आर्काको ज्यान समेत लिने ब्यबहार हुनथाल्यो।राजनीति अप्राधिको आखडा भयपछि उनिहरूको सरकारले के काम गर्ला?यो सर्वत्र प्रश्न जनताको बिचमा उभिएकोछ।
आखिर राजनीति त देश र जनताको हितमा गर्नुपर्नेहो।स्वंमसेवक समाज सेवक राजनीति पार्टी र त्यसका नेता कार्यक्रता हुनु पर्नेहो तर त्यसो हुन नसक्नुले जनता र देशको लागि खतरा बनेकोछ।
अहिले देशमा सात दसक सम्म बलिदानिपुर्ण शंघर्ष गरेर बहुदलिए ब्यबस्था धर्म निर्पक्षता र गणतान्त्रीक ब्यबस्था आएकोछ।तर यँहाका राजनेताहरूलाई त्यो पचेकोछैन।उनिहरूले जनताले बनाएको सम्बिधानलाई सखाफ पार्ने र देशभित्र अराजकताको माहोल सिर्जना गर्ने भरजोर पर्यात्न गर्दै आएकाछन।
बिदेशीहरूलाई तमासा देखाउँन कहिले संसदमा हानाहान हुन्छ कहिले सडकमा टायर बाल्छन,कहिले नेपाल बन्द हुन्छ।एकले आर्कालाई तं चोर भन्छन।कहिले वकिलहरूलाई लडाउँछन।यस्तो तमासागरेर दुश्मनलाई हँसाएकाछन।
हिंजो देशमा धर्म निर्पक्षयता का लागि र गणतन्त्रका लागि सडकमा दिन रात शंघर्ष गरेका,राजतन्त्रको बिरूद्धमा बर्षौ शंघर्ष गरेका राजनेताहरू अहिले राजाबादि भयकाछन।हिंदु धर्मका वकालत गर्न थालेकाछन किन केका लागि?आफ्नो ऐयासिका लागि धन सम्पत्ति जमाउँनका लागि।उनिहरूले आफ्नो स्वार्थमा देशलाई तरल अबस्थामा लगे।कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरे।
अहिले जुनसुकै झण्डा उठाएका पार्टीहरू पनि लगभग एकैनासे भयकाछन।जनताको पक्षमा किल्ला बनेर उभियको देशको हितमा शंघर्ष गर्ने आंट कसैमा पनि छैन।मात्र जीत्नका लागि जुनसुकै हत्थकण्डा पनि अप्नाउँन तैयार देखिन्छन।वास्तबमा २०४६सालको ऐतिहाशक जन आन्दोलनपछि जब देशमा बहुदलिए ब्यबस्था घोसित भयो त्यसपछि धेरै पार्टीहरू सरकारमा जाने लालचमा एक अर्कालाई मैलो र आफु सफा देखाउने मात्र प्रयात्न भयो।आफ्नो भित्र भयको कमिकम्जोरी कसैले पनि देखिन।नेकपा मसालले त्यो बेला देखि राजनीतिक पार्टीहरूको बिष्लेषण र ब्याख्या गर्दै देश र जनताको हितमा सतिसाल जस्तो अडिग रहेको थियो।त्यसैको परिणाम नेकपा मसाल भित्र कयौं पटक फूट हुँदैआयो।अहिलेको अबस्थामा सबैले राजनीतिक आफ्नो ब्याक्तिगत स्वार्थका लागि गर्ने भयकोले नीजि घाटा आर्थिक मार र कस्ट कसैलाई पनि बर्दास्त हुँदैन।नेकपा मसालले चुनावलाई बहिस्कार गर्दा गलत भयो भनेर कयौं नेता पार्टीलाई छाडेर उपयोग गर्न पनि गये।जब पार्टीले चुनाव उपयोग गय्रो उनैले बहिस्कार गर्न गए।
वास्तबमा चुनावलाई जस्ले कार्यनिति ठान्छ आबस्याकता नुसार उपयोग र बहिस्कार गर्दछ।पार्टीको हितमा मात्र होईन भावि क्रान्तिको हितमा योजनाहरू बन्नेगर्छन।परिस्थितिको ठ़ोश बिष्लेशण गरेर सहि नीतिलाई अगाल्ने पार्टीनै मुख्य रूपमा जिम्मेवार राजनीतिक पार्टीहो र हुन्छ।उसैले मात्र राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको हितमा लामु समय सम्म शंघर्ष गर्न सक्छ र भबिस्यमा क्रान्तिको आधार तैयार पारेर क्रान्ति समपन्न गर्ने विजन उसै सँग हुन्छ।आपसमा गुट बनाउँने र पदका लागि मरिहत्य गर्ने नेताहरू अवसरबाद हुन जस्ले कहिले पनि देश र जनताको हित त गर्न सक्दैनन आफ्नै पार्टीलाई पनि अफसान गरेर छाड्छन।अहिलेका राजनीतिक गतिबिधि एकप्रकारले अप्राधिक गतिबिधिमा परिणित भयपछि देशको अबस्था कस्तोहोला?

चर्चामा

सम्बन्धित समाचार