शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • एम सि सी पास भए देशमा आगो बल्छ:बिप्लबका बिद्यार्थी नेता कमल थापा

एम सि सी पास भए देशमा आगो बल्छ:बिप्लबका बिद्यार्थी नेता कमल थापा

  • बिहिबार, मंसिर ९, २०७८
एम सि सी पास भए देशमा आगो बल्छ:बिप्लबका बिद्यार्थी नेता कमल थापा

अर्थ जङ्ग शाही/बझाङ — ने क पा अखिल क्रान्तिकारी बिप्लब बझाङका अध्यक्ष कमल थापाले यति देशमा एम सि सी लागु भएपछि म लगायत थुप्रै युवा नेताहरुले देशमा आगो लगाउने दाबी गरेका छन्।

एमसीसी पास गर्ने मूर्खता गरिए शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध प्रतिरोध गरिने चेतावनी पनि उनले दिए।

यो सरकारले एमसीसी पास गर्ने मूर्खता नगर्नु, छोटो समयको सरकार हो यो। ओलीले कोसिस त गरेका थिए तर पनि सकेनन्,’ उनले भने, ‘एमसीसी जस्तो राष्ट्रघाती परियोजना संसदबाट पास गराएर इतिहासमा अक्षम्य अपराध नगर्नू।’ उनले प्रधानमन्त्री देउवाले जनताको कुरा सुनेर एमसीसीलाई संसदमा लैजान नहुने पनि उनले बताए।

देउवाले हाउसमा एमसीसी लाने कुरा फिर्ता लिनुपर्छ। नेपाली जनताको विरोधलाई सुन्नुपर्छ,’ उनले भने, ‘यदि एमसीसी अघि बढाएमा कडा आन्दोलन गर्छौं। संसदीय भ्रष्ट तत्वलाई हामीले किन छुट दिने ? उनीहरु विरुद्ध प्रतिरोध गर्छौं।’ युवा नेता थापाले यदि एमसीसी पास भएमा देशमा आगो लाग्ने दाबी गरे।

यदि एमसीसी जबरजस्ती पास गरिन्छ भने यो देश जल्छ। आगो लाग्छ, आन्दोलनको आगो लागेका बेला के हुन्छ, शासकहरूले हेक्का राखुन्,’

चर्चामा

सम्बन्धित समाचार