बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • थ्रि ईन वन बाबा रामदेव र बालकृष्ण प्रचण्ड भन्छन!

थ्रि ईन वन बाबा रामदेव र बालकृष्ण प्रचण्ड भन्छन!

  • शनिबार, मंसिर ४, २०७८
थ्रि ईन वन बाबा रामदेव र बालकृष्ण प्रचण्ड भन्छन!

सुरेशकुमार पान्डे — अब प्रचण्डले सबै धनान्ढाय लाई क्रान्तिकारी देख्न थालेकाछन।साहिद सपनामा पनि उन्ले खर्वौ पतिहरूलाई देख्न थालेकाछन होला।
अहिले बाबा रामदेव र बालकृष्ण आचार्यलाई उन्ले क्रान्तिकारी उपाधि दिएकाछन।”पहिले रूढिवादी परमपराबादी जस्ता देखिने राम देवको अध्यान छलफल गर्दै जाँदा उनि त वैज्ञानिक र क्रान्तिकारी पो रैछन।”यो अभिब्याक्ति पुष्पकमल दहालले दिएकाछन।
योगाबाट समाज निरोगि हुन्छ यो त मानिन्छ तर उनि कस्ता खालका क्रान्तिकारी मध्यका परे त्यो भने प्रचण्ले भनेनन्।समाजलाई योगाले गर्दा निरोगि बलवान बनाउँछ तर हाम्रो पहाडमा चार पांच बर्षका बालखहरू बन जाने गाई गौला,बाख्रा ग्वाला अनि पांच छ किलो मिटर हिंडेर स्कुल जाने र आउने गर्छन।त्यो मात्रै होईन ठुला ठुला रूख चड्ने र दाउरा घाँस गर्ने पहाड पहराहरूमा जाने गर्छन।दिन भरिको बाटोमा हिँडेर बेसा बोक्छन।उक्कालो ओरालो गर्छन।त्यसकारणले उनिहरू बलियाछन उन्लाई कुनै रामदेव बाबाको योगा गर्ने फुर्सद पनि त हुदैन आबस्याकता पनि छैन।योगा त कहिले साररिक परिश्रम नगर्नेहरूको लागि नभैनहुने हो।हामि साना छंदा भिर पहाडमा उकालि ओरालि गर्छौं।अलि ठुलो भयपछि बिदेशका गल्लि कोठि र होटेलमा मजदुरि गर्छन।राम देव बाबालाई घोराही बाट रोल्पाको जुरमसिना दश किलो चामल बोकेर पठाउ त केभन्छन।त्यो ठाउँमा हाम्रा बालखहरूले पचास किलो चामल बोकेर ओरदौर गर्छन।
प्रचण्डले हिंजो जो सत्रहजारलाई क्रान्तिको नाउमा मराए उनिहरू त्यो रूकुम रोल्पा सल्यान प्युठान गुल्मि बाग्लुंग आदी ठाउँमा बनजङ्गल छिचलेका होनहार शक्तिसालि युवाहरू थिए।उन्लाई गर्भै दिखुन आमाहरूले त्यसरीनै योगा सिकाएका हुन।घांस काट्दा पानि बोक्दा बेसा बोक्दा,पहिले पेटमा बोकेर गरे पछि कन्नामा छातिमा झुण्डाएर लगे।अनि आफु सँग उकालि ओरालिमा दौड्न सिकाए।त्यो बनिबनाई ईस्पातलाई मराएर देशको क्रान्तिलाई बिथुल्ने यिनै प्रचण्ड हुन।उन्लाई आज रामदेब बाबा बाल कृष्ण आचार्यमा क्रान्तिकारिता देख्नु लाई अस्वभाबिक भन्न मिल्दैन।अहिले यिनिहरू पुँजिपति नम्वर एकमा परेकाछन।अहिले प्रचण्ड जस्ताले यिनिहरू द्वारा बनाईएको ब्राण्डको प्रचार गर्नुपरेकोछ।किन भने सत्तामा जानको लागि अब प्रचण्डलाई ति युवाहरू उठेर आउँदैनन् अब त राम देव बाबा अनि बालकृष्ण आचार्य नजिक छिमेकमा मुकेस अम्बानि टाटा बिल्ला मित्तल,हाम्रा देशका चौधरी आदिलाई प्रचण्डले क्रान्तिकारि देख्नै पर्छ।उन्ले राजालाई पनि क्रान्तिकारी देख्न थालिसकेका छन।
आचार्य लाग्छ हिंजो दश बर्ष कथित जनयुद्धको सञ्चालन गरेका पुष्पकमल दहाललाई क्रान्ति कुन चराको नामहो थाहानै छैन।आखिर दश बर्ष सम्म उन्ले केका लागि देशको सम्पत्ति स्वाहा पारे, सत्रहजार निर्दोश र होनहार क्रान्तिकारी युवाहरूलाई मराए?रोल्पालिहरू लाई अहिले राम देब बाबाको योगा चाहिएकोछ कि कृर्षि क्रान्ति चाहिएकोछ?देशमा सामन्ति र दलाल पुँजिपतिहरूले गरेको शोषण दमन बाट गरिब शोषित सुकुमबासि किसन मजदुरहरूको लागि बर्ग शंघर्ष गरेर उनिहरूको हक हितलाई मुहाईयाँ गराउँने उदेश्यले लडेका हुनकि-होईनन्?पक्कै पनि जनतालाई छले,युवाको रगतमा पौडि खेले र प्रधान मन्त्री भयका हुन।अहिले उनि मज्दुरको घरमा गएर सातु खाँदैनन्,मजदुरका पसिनाले भिजेका लुगा गनाउँछन।जस्ले अंग्रेजको सैन्ट घसेर हिंड्छन,एसिका कार, एसि रूममा बास अनि बिदेशि विस्कि पिएर महेफिलमा नाच गान गर्छन उनिहरूलाई त नभै हुँदैन योगा।किन कि जस्को एउटा ब्राण्डको प्रचार गर्दा लाखौं कमिसन मिल्छ सिंगो बाबाको प्रचार गर्दा त सके एकपल्टलाई प्रधान मन्त्रीको कुर्चिनै मिल्ला।प्रचण्डले राम देवको तारिफ गर्दा बित्तिकै बाबा रामदेवले झन प्रचण्डको तारिफको ओईरोनै लगाए।”प्रचण्ड कोमल दिलवाला अरे,नेपालले प्रचण्ड जस्तो नेता पाउँनुमा ठुलो गर्व गर्नुपय्रो।”आदि यित्यादि भन्दै ताराफको पुल बाँधेकाछन।
भनिन्छ कम्युनिष्ट बिग्रेभने कुहेको अंण्डा जस्तै गनाउँछ।अहिलेका यि बिग्रिएका कम्युनिष्टहरू हुन।यिनलाई किसान मजदुर होईनन धनानढयहरू आफ्ना हुन।आफु जस्तै मान्छे खोजेका हुन्छन।हिंजो उनि गरिब थिए र गरिबको संगत तियो आज उनिहरू धनिछन त्यसकारणले उनलाई धनिहरू क्रान्तिकारी देखिन्छन।
हिंजो का दिनहरूमा योगा सिक्ने सिकाउँने प्रसस्तै थिए कसैको जरूरत थिएन।अहिले भने रामदेब बाबाको जरूरत परेकोछ।यिनिहरू कम्युनिष्टको आबरणमा बसेर कम्युनिष्टलाई खत्तम पार्ने खेल खेल्दै आएकाछन।हिंजो केसरजंग रायमाझि,अहिले डा.बाबुराम भट्टराई अनि सुस्त सुस्त प्रचण्ड लगायतका अरू हरूपनि देखा पर्दै जानेछन।

चर्चामा

सम्बन्धित समाचार