शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • महिलालाई व्यवसाय गर्नका लागि आर्थिक सहयोग

महिलालाई व्यवसाय गर्नका लागि आर्थिक सहयोग

  • शनिबार, मंसिर ४, २०७८
महिलालाई व्यवसाय गर्नका लागि आर्थिक सहयोग

बाजुरा–बडिमालिका नगरपालिकामा रहेका २० जना महिलालाई व्यवसाय गर्नका लागि आर्थिक सहयोग गरिएको छ । Womenkind UK, टेवा नेपाल र महिला विकास मञ्चको बाजुराले व्यवसायका लागि नगद सहयोग गरेको महिला विकास मञ्चकि कार्यक्रम निर्देशक उर्जा बिष्टले वताएकि छन् ।
नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता कार्यक्रम अन्तर्गत ८ जना निर्वाचित महिला र १२ जना अन्य गरि २० जनालाई सहयोग गरेको टेवा नेपालकि कार्यक्रममा संयोजक पृति शाहले वताएकि छन् ।
८ जना जनप्रतिनिधि महिलालाई प्रतिब्यक्ति ३१ हजार ५ सय ७५ र अन्य १२ जना महिलालाई प्रतिब्यक्ति २० हजार नगद दिइएको छ । निर्वाचित महिलामा, सिमान्तकृत, एकल, दलित, अपाङ्ग, पछाडी परेका महिलालाई व्यबसायका लागि सहयोग गरेको उर्जा बिष्टले वताएकि छन् ।
बडिमालिका १ बस्ने जमना रावलले भनिन्, सहयोग रकम पाउदा आफुलाई व्यबसाय गर्नमा ठुलो सहयोग हुने वताएकि छन् । उनले बाख्रा किनेर बाख्रा पालन गर्ने वताईन् । उनि एकल महिला हुन् । अन्य आर्थिक पाएकि १९ जना उनि उनै जस्तै जोखिममा परेका महिला हुन् ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल प्रमुख अतिथि रहेका थिए । महिला अधिकार मञ्चका संस्थापक अध्यक्ष जुना दानीको अध्यक्षता भएको कार्यक्रममा पत्रकार महासंघ बाजुराका निर्वतमान अध्यक्ष प्रकाश सिंह पत्रकार अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार