शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कैले सम्म रहला?एमसीसी तरवार जनताको टाउकामा!

कैले सम्म रहला?एमसीसी तरवार जनताको टाउकामा!

  • शुक्रबार, मंसिर ३, २०७८
कैले सम्म रहला?एमसीसी तरवार जनताको टाउकामा!

सुरेशकुमार पान्डे — नेपाली जनताले ठाडै अस्विकृत गरेको एमसीसी पास गराउँन अमेरिकाले ब्याक्तिका अनुहार फेरेर दवाब दिंदै आएकोछ।कहिले गोरा आउँछन कहिले मंगोलिन ब्याक्ति आउँछन।तर जो ब्याक्ति आएपनि उदेश्य एउटैहो।त्यो हो एमसीसीलाई नेपालमा लागु गराउँने।
फेरी नेपालमा एम सीसीका प्रतिनिधिहरू आँउदैछन।देशको हित बिपरित सम्झौता नगर्न जनताले बारमवार चेतवानि देंदै आएको देख्दा देख्दै पनि फेरी एमसीसी लागु गराउँन अमरिकनले दवाफ दिंदैछ।
हाम्रो देशमा कुनैन कुनै बहना बनाएर भित्रिए पछि अमेरिकाको पहिलो काम चीनलाई आकारमण गर्ने हुनेछ।चीनको बढ्दो बिकासलाई देखेर उसको सर्वनाशका लागि कथित अनुदानको रूपमा नयाँ चाल चलेर देशलाई चीनको बिरोधी बनाउँने अंग्रेजी साम्राज्यावादको मुख्य उदेश्यहो।यो भन्दा पहिले”मिलिनियम च्यालेञ्ज कर्पोरेशन”एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेतृत्वमा सहयक उपाध्यक्ष जोनाथन ब्रुरम्सलगायतका टोलि चारदिनको यात्रामा आएर यँहाका जनताहरूको बिरोध देखेर फर्किएका थिए।अहिले फेरी अमेरिकाले प्रतिनिधि पठाउँन थालेकोछ।नेपाली जनताले ब्यापक बिरोध गर्दा पनि अमेरिकि साम्राज्यवादले देशका नेताहरूलाई आफ्नो दवाब दिएर यो कथित अमेरिकि सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसिलाई लागु गर्न दवाब दिनुमा अमेरिकाको शड्यन्त्रमा नेपालका कयौं नेताहरू फसि सकेका र उनिहरूले लागु गर्ने भनि सुपारी खाईसकेको कुरा प्रष्ट हुन्छ।
यो सन२०१७मा हश्तक्षर भयको सम्झौता देशको लागि आत्माघाति हुने प्रष्टछ।सरकारले समय समयमा गरेका अनाबस्याक र असमान सम्झौताको बिरूद्धमा जनताले बारमबार सडकमा ओर्लिनु पर्छ।त्यो मात्रैहोईन जनताले आफ्नो प्राणको बाझि लगाएर शंघर्ष गर्नु परेको हुन्छ।सरकारी सांडले गरेको गलतिले देश र जनताको ठुलो हानि नोक्सानि भयको कुरा प्रस्टैछ।
सरकारले देशमा भयका डिफाल्टर बाट आर्थिक असुल उप्र गर्न नसकि बिदेशीहरू सँग गलत र असमान सम्झौता गरेर आर्थिक सहयोग लिने प्रयात्न गर्दा देश झनपछि झन तरल अबस्थामा जाकिंदै आएकोछ।भ्रष्टचारको चरम अबस्थामा बृद्धि हुँदै आएकोछ।नेपाल एउटा स्वतन्त्र र असलंगन राष्ट्रको लागि अमेरिकाले यो कथित अनुदान एमसीसीको चक्रमै पर्नु हुँदैन।
हाम्रो देश नेपाल चीनको र भारतको सहयोगमा अहिले सम्म जोगिदै आएकोछ वा चीन र भारत जस्ता दुई ठुला देशहरूको बिचमा दुई ढुङ्गाको तरूल जस्तै भयर बचेकोछ।यो एउटा प्राकृतिक बनावटहो हाम्रो देश भूपरिबेष्ठित देशहो।शमुन्दर बाट समान ओसिरपसारगर्दा पनि हामिलाई छिमेकि मुलुक भयरै यात्रा गर्नुपर्छ।
थोरै पनि बिलेन्स बिग्रिंदा बित्तिकै देशलाई ठुलो संकट ब्यहोर्नु पर्नेछ।अहिले हाम्रो देशले एमसीसीलाई खारेज गरेर जानुनै देशको हितमा हुनेछ।श्रलङ्काले पनि एमसीसीलाई जरैबाट खारेज गरेर ढुक्कछ।हाम्रो देशको लागि अमेरिकि साम्राज्यवादी सँग न त दुश्मनि ठिक हुनेछ न त्यो सँग दोसतीनै ठिक हुनेछ।अहिले देशको सार्वभौमिक्ता र अखण्डता लाई जोगाउनु हाम्रो लाई अबस्याकताछ।त्यसैले अमेरीकाको सरकारलाई हामिले हाम्रो देशको आगनमा ल्याउँनु हुँदैन।उसले चीनलाई घेर्न हाम्रो देशलाई अचानो बनाउँन खोजेकोछ।त्यसकारण त्यसलाई दृढ्तापुर्वक एमसीसीलाई खारेज गरेर हामि आफ्नो देशलाई स्वतन्त्र राख्न सक्नेछौँ।
एमसीसी ल्याउँने बेला बि.स.२०७४भाद्र२९गते त्यो बेलाका अर्थमन्त्री ज्ञानिन्दर बहादुर कार्की र अमेरिकि एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हश्तक्षर गरेकाछन।५००मिलियन मेरिकी डालर अमेरिकाले उपल्बध गराउँने भनियको त्यो एमसीसी लाई लागु गर्न कयौंले कमिसन खाईसकेको कुरा पनि आएकाछन।
कहिले सम्म यो एमसीसीको बहानामा देशमा गृहयुद्ध को अबस्था श्रीजना भैरहला।कहिले सम्म निर्दोश जनताहरू मारिने?नेताहरूको गलतिको सजाय निर्दोश जनताले र देशले कहिले सम्म ब्यहोर्ने?यो अत्यान्तै गम्भिर बिषय बनेकोछ।देशको टाउका माथि एमसीसीको तरवार लटकेकोछ।यसलाई देशका जनताले ब्यापक बिरोध गरेर मात्र हटाउँन सकिनेछ।अन्यथा यि दुईजिब्रे नेताहरूले यो देशलाई रणक्षेत्र बनाउँन कुनैकसर छाड्नेछैनन्।किन कि यि साम्राज्यवादका कटपुत्लिहरू साम्राज्याबादीहरू सँग कमिसन खाएर आफ्नो आमाको सौदा गर्न पछि पर्नेछैनन्।अहिले अमेरिकालाई पच्छार्दै चीन अघिं बढेको बेला अमेरिकाको भित्रभित्रै आगो सल्किएकोछ।एकातिर अफगानिस्तानमा तालिवानको कब्जा आर्को तिर चीनको विस्वमा दवदबाले अमेरिकि साम्राज्यवाद थप आतङ्कित भयकोछ।
अब उस्ले बिस्तारै चीनका नजिकका मुलुकहरूमा आफ्नो दबाव बनाएर चीनलाई नाङ्गेझार पार्ने योजनमा छ।त्यसैको परिणाम एसियामा अनुदानको आतङ्क फैलाएकोछ।अमरिकाको कथित अनुदानलाई श्रीलंका ले स्विकारेन तर हाम्रो देशमा उस्ले जसरी पनि यो एमसीसीलाई लागुगर्ने प्रयास गर्दै आएकोछ।अमेरिकाले भारत र चीनको आपसि मतभेदलाई पनि नजिकबाट भांपेकोछ।भोलिका दिनमा नेपालमा एम सीसी लागुगराउँन भारतलाई प्रयोग नगर्ला भन्न सकिदैन।हाम्रो देशलाई अदुरदर्शिय राजनीतिज्ञाहरूको कम्जोर मानसिकताले ठाउँ पाएको पक्का पक्कि हो।उनिहरूले सन२०१७मा होचुवा प्रकारले एमसीसीलाई भित्राए र त्यो बेला कयौं साम्राज्यावाका दलाल नेताहरूले कमिसन खाए परिणाम अहिले नेपाली जनताले भोग्दैछन।तर यो यत्तिमा मात्रै सिमित हुनेछैन।भोलिका दिनमा अमेरिकाको सैनाहरू समेत सँग नेपाली जनताले शंघर्ष गर्नुपर्नेछ।
एक पल्ट अंग्रेज देशमा प्रवेशभयो भने नेपाललाई विस्वको मआनचित्रमा नखोजे हुन्छ।

चर्चामा

सम्बन्धित समाचार