शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अचम्मै लाग्नथाल्यो वकिलको हर्कत देख्दा,

अचम्मै लाग्नथाल्यो वकिलको हर्कत देख्दा,

  • बुधबार, मंसिर १, २०७८
अचम्मै लाग्नथाल्यो वकिलको हर्कत देख्दा,

अचम्मै लाग्नथाल्यो वकिलको हर्कत देख्दा,
मलाई पनि यिनको बर्तमान र बिगत देख्दा।

देशलाई केहि त दिएकैछन चोलेन्द्र शंशेर ले,
लाग्छ राजनीति भयकैछ सतप्रतिसत देख्दा।

देशको भबिस्य कस्तोहोला भनेर सोंचेको छुँ,
न्यायलय भित्र आगो बलेको भतभत्त देख्दा।

मन मष्तिकमा धेरै कुरा उब्जिन्छन मित्रहरू,
हेर वारहरूमै समेत देशभक्ति नदारत देख्दा।

देशलाई तहश नहस पार्ने ठुलै खेल भएकैछ,
अहिले अराजक गति बिधिमा बहुमत देख्दा।

ताजुब हुन्छ आश्चार्य हुन्छ यहि सेतेलाई पनि,
हिंजो आज आफ्नो देशको यो हालत देख्दा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार