गजल!

  • मङ्लबार, कार्तिक ३०, २०७८
गजल!

देशको श्रीसम्पत्ति खंगाले धेरै जसो नेताहरूले,
युवाहरूलाई पनि निकाले धेरै जसो नेताहरूले।

नागरिका बेच्ने डिलर खोले पछि हाम्रै देश भित्र,
बिदेशीहरूलाई ल्याई पाले धेरै जसो नेताहरुले।

आधुनिक प्रकारको नयाँ नेपाल बनाउँने भनेका,
राष्ट्रीयताको चिन्हलाई फाले धेरै जसो नेताहरुले

हाम्रो देशभित्र देशभक्त थोरै र ब्यापारी धेरै हुँदा,
धितो राखेरनै सत्ता सम्हाले धेरै जसो नेताहरूले।

सत्तामा बसेर दलालि गर्नेहरूको पनि कमि छैन,
कुर्चि नपाउँदा आगोनै बाले धेरै जसो नेताहरूले।

बुझ्नै गारोछ हाम्रो देशको राजनीति जाद्रा लाई,
देशबिरोधी उस्तै गर्न थाले धेरै जसो नेताहरूले।

हो झन पछि झन देश लाई भड्खारामा ढेकल्न,
आफ्नै देशको गरिमा ढाले धेरै जसो नेताहरूले।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार