बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • नेपाली सेनाको ट्रक दुर्घटना

नेपाली सेनाको ट्रक दुर्घटना

  • सोमवार, कार्तिक २९, २०७८
नेपाली सेनाको ट्रक दुर्घटना

गोरखा — गोरखामा नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। तालिमका सामग्रीहरु अजीरकोट गाउँपालिका ३ भच्चेक पुर्याएर फर्कने क्रममा लु १ ग १३९ नम्बरको ट्रक सिरानचोक गाउँपालिका ५ भालुमारे भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको हो।

सडकबाट ट्रक करिब ३० मिटर तल खसेको नेपाली सेनाका मेजर प्रकाश परियारले बताए। ट्रकमा चालक र एक कमाण्डर(जम्दार) रहेको उनले जानकारी दिए। मेजर परियारका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ।

ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए। सडकबाट खसेको ट्रक निकाल्ने प्रयास भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार