शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संगठनले दिएको जिम्मेदारी बहन गरौं।

संगठनले दिएको जिम्मेदारी बहन गरौं।

  • बुधबार, कार्तिक २४, २०७८
संगठनले दिएको जिम्मेदारी बहन गरौं।

सुरेशकुमार पान्डे — मूल प्रवहा अखिल भारत नेपाली एकता समाज भारत स्थित श्रमजीवी नेपालीको छाता संगठन हो।भारतमा बस्दै आएका नेपालीहरू दुई प्रकारकाछौँ।प्रथम सन १८१५/१६को सुगौलि सन्धि बाट भारतमा जमिन सँगै आएका अप्रवाशि आर्को भारत तथा नेपाल बिचमा भयको सन १९५०को मैत्रि तथा शान्ति सन्धिको तहत आएका तमाम प्रवाशी नेपालीहरू।यि दुबै प्रकारका नेपालीहरूको भारतमा मिल्दो जुल्दो समस्या भयकाले हाम्रो मूलप्रवाहले दुबै प्रकारका नेपालीहरूलाई एउटै झण्डामूनि गोल बन्द गर्नु पर्ने उदेश्यले संगठित गरिरहेकोछ।
भारतमा ७नोवंबर सन १९७९ देखि एकता समाजले लगातार भारत स्थित नेपालीहरूको हक हित रक्षा शुरक्षा र जनचेतना उठाउँने उदेश्यले लगातार संघर्ष गर्दै आएकोछ।
कुनै पनि संगठन वा ब्याक्तिको लागि यतिलामू समय सम्म बेदाग रहेर जनताको माझमा जनपक्षिय कामगर्न सक्नु भनेको आफैमा ऐतिहाशिक उपलब्दि हो।
संगठनमा लागेका कतिपय अराजक र अवसरबादहरूले बिच बिचमा संगठनलाई नोक्सान पुराउँने खालका कार्य गरेका भयपनि जनतालाई नोक्सान पुग्ने खालको काम संगठनको माध्यायम बाट भयकोछैन।संगठनले सकेसम्म भारत स्थित श्रमजीवी नेपालीहरूको हक हितको रक्षाको लागि र उपरोक्त सन्धिहरू द्वारा प्रज्वोलित अधिकारलाई ब्यबस्थित गर्न आन्दोलन गर्दै आएकोछ।त्यो मात्रै होईन सामाजीक संगठन भयता पनि गरिब किसान र श्रमजीवी बर्गहरूको पक्षमा लड्दै आएकोले एउटा बुजुर्वा राजनीति को बिरूद्धमा सर्वहारा र श्रमजीवीको पक्षमा दुनियां भरिमा हुने शंघर्ष सँग एक्यवधता गर्दै आएकोछ।त्यसकारण संगठनले बुजुर्वा राजनीतिको वैकलिपमा एउटा वैज्ञानिक रूपको सर्वहारा मुक्तिको राजनीति पनि गर्दा आएकोछ।संगठनले भई आई परेका जल्दा बल्दा समस्याहरूको समाधान गर्नुका साथै देशका जनालाई देशभक्ति भावनाले सुसज्जित गर्ने र बर्तमान बुजुर्वा बर्गको सम्रचनालाई भत्काएर नौलो समाजको स्थापना गर्ने महान जिम्मेवारी बहन गर्दै आएकोछ।
अहिले संगठनको अबस्था पहिलेको भन्दा कम त छैन तर यत्तिले मात्र अहिलेको अबस्थामा पुग्दैन।संगठनलाई सुदृढ गरेर एउटा बलियो र अनुसाशित संगठनलाई ब्यापक रूपमा फैलाउँनु पर्ने समयको माग पनिछ।
यो बेलामा कतिपय संगठनमा आएका समस्या भनेको मुख्यरूपमा संगठनलाई कम्जोर पार्न संगठन भित्रबाटनै आकार्मण हुँदै आएकोछ।कतिपय साथिहरूले समान्अन्तर संगठन निर्माण गरेर संगठनको गरिमालाई आंच पुराउने खालका काम हरू भयकाछन।जसले संगठनलाई नोक्सान पुराउँदै गएकोछ।हामि आफैले पनि कतिपय अबस्थामा हामि बाटै पनि केहि कमि त भैन भनेर आत्म समिक्षा पनि गर्नु पर्दछ।संगठन कसै एकजनाको प्याउते हुँदैन संगठन भनेको बिशिल बिचार बोकेको महान लक्षतिर निरन्तर अबिरल अगाडि बढ्ने जीम्मालिएको संस्थाहो।
निस्वार्थ स्वांम सेवकहरूको आपसि एकता हो।यो आम जनताको हितमा गर्ने कार्याहो। हामि मध्य जसले जति सक्छ योगदान दिएर संगठनको बिकास गर्नु पर्छ।संगठनको काम गर्ने साथिले औपचारिकता पुरागर्ने खालको मात्र होईन वास्तबिक रूपमा संगठनलाई सफल पार्ने उदेश्यले काम गर्न सक्नु पर्दछ।संगठनमा एक घण्टा समय निस्वार्थ र अनुसाशित भयर दिएकोछ भने त्यसको सम्मान गर्नुपर्छ।तर सम्मानको अर्थ ब्याक्ति पुजा भने होईन।कार्यक्रताको एक मना एकताले मात्र हामि हाम्रो संगठनलाई बलियो बनाउँन सक्छौँ।संगठनमा दरार जबमात्र आउँछ कतै थोरै ब्याक्तिगत स्वार्थ तिर संगठनको कार्यलाई लतार्न थालिन्छ।त्यो एक प्रकारको अवसरबादनै हो।संगठनको गरिमालाई जोगाउँनु छ भने नीजि स्वार्थलाई थाति राखेर साझा स्वार्थका कामलाई प्राथमिकता दिन सक्नु पर्छ।अराजक ले संगठनलाई सकाफ पार्न सक्छ भने।अन्ध भक्तले संगठनमा अराजकता जनमाउँन सक्छ।यि दुबै कम्जोरिलाई हटाएर आपसि एकता छलफलमा स्वतन्त्रता र कार्यामा एकताको बाताबर्णमा जोड दिनुपर्दछ।
समरण रहोश अनुसासित शंघर्षले मात्र जीत हासिल गर्न सक्किन्छ।हामिले अनुसाशन र गोपनेता सँगै जनवादि केन्द्रियतामा हमेसा पनि खयाल गर्नु पर्छ र मात्र विजया हासिल गर्न सकिन्छ।
हामि सबैको समस्य एउटै हो भारतमा आउँनु फर्ने बाध्यताको अनत्य गर्नको लागि हामिले राजनीतिक पार्टीको जुगाड गर्नै पर्छ।राष्ट्रीय जनमोर्चाले भारत स्थित नेपाली श्रमजीवीहरूको पक्षमा लगातार शंघर्ष गर्दै आएकोले मूल प्रवाहले पनि राजमोलाई आर्थिक नैतिक र भौतिक सहयोग गर्दै आएको कुरा कसैबाट पनि लुकेकोछैन।अहिले एकता समाज संसार भरिका कयौं देशहरूमा संगठित भयकाछन।आज हामिलाई सयौं हजारौँ पेसेवरको खांचोछ।तर पेसाको लागि भयका पेसेवरको भने संगठनलाई कहिलै खोचोँ हुँदैन।हाम्रो संगठनमा स्वाँ सेवक भयर काम गर्नु पर्छ।तर कयौँ अबस्थामा स्वांम सेबक खेटिएका पेसेवरहरूले आफ्नो ब्याक्तिगत राजनीतिक सुख सुबिधाहरूको आशमा वा त्यो पुरा हुन नसकेपछि पलायन हुने वा संगठनलाई टुक्राउँने समेत गर्ने प्रयात्न गर्दछन।संगठनमा कुनै मालिक र कुनै रैति हुँदैनन्।बरू सबै मालिक र सबै क्रमि हुन्छन।त्यसकारणले एक एक जना साधारण सदस्य समेतको उत्तिकै भुमिका हुन्छ जति संगठनको केन्द्रिय सदस्य वा नेताको हुन्छ।फरक बिचारको कदर गर्दै बहुमतले लिएको निर्णयलाई कार्यन्वयन गर्ने गर्नु पर्दछ।जो जनवादि केन्द्रियतामा आधारित बिषय हो।हामिले कतै गलत गय्रो वा बोल्यौँ भने यसको असर हाम्रो संगठनमा पर्न सक्छ भन्ने कुरा बुझ्नु पर्छ।आज हाम्रो बिचमा संगठानिक छबिलाई धुमिल्याउँन खोज्नेहरूको भिडमा हाम्रो एकताले ठुलो महत्व राख्छ।संगठनको बयालिस बसन्तहरू जस्तै त्यो भन्दा पनि राम्रो बिकास गरि आगामि दिनहरूमा एकता समाजलाई अँझ उँचाईमा पुराउँनु हुनेछ।यहि हाम्रा नयाँ जुझारू एकता समाजका ईमान्दार कर्मिहरूको कांधमा जिम्मा आएकोछ।आज बाट संगठनले बयालिस बर्ष पुरा गरि तिर्तालिस बर्षमा प्रवेश गरेको सुखद अबस्थामा सबैलाई एकतासमाजको गरिमालाई जोगाउन दरिलरी संगठनलाई छोप्न आवहान गर्दछुँ।साथै हाम्रा कुनै कारणबस समानातर रूपमा अंघि बढ्न खोज्ने साथि हरूलाई त्यो गलत प्रकारको कृयाकलापलाई त्यागेर संगठन निर्माणको अभियानमा लाग्न अहिलेको आबस्याकता हो।

चर्चामा

सम्बन्धित समाचार