शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • दाङको बबईमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

दाङको बबईमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

  • सोमवार, कार्तिक २२, २०७८
दाङको बबईमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराले दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परि सल्यानको कालीमाटी गाउँपालिका वडा नं. ३ का गाडी धनि अन्दाजी ४० बर्षीय देबबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा थप ११ जना घाइते भएका छन् । त्यसमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक फरार रहेको र खोजी कार्य जारी रहेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्ले जानकारी दिए।

दाङको बबई गाउँपालिका वडा नं. ३ ठाडो खोलामा बिहान ९ बजेतिर जीप दुर्घटना भएको र आफुहरुलाई साढे ९ बजेतिर मात्रै खवर प्राप्त भएको घटनास्थलबाट प्रहरी सई महतराले बताए ।

आफुहरु पुगेर उद्धारमा जुटेको र ११ जना घाइतेलाई उपचारका लागि तुलसीपुर तर्फ पठाएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार