शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

  • आइतवार, कार्तिक १४, २०७८
वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि.सी, सोही नगरपालिका–२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाया (दुर्गे ) र २३ वर्षीय बखत विक रहेका छन् ।

उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित ४ हजार ४८० रुपैयाँ नगद समेत बरामद गरिएको छ । लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार