शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

  • शनिबार, कार्तिक १३, २०७८
पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

पानामा सिटी, पनामा — पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र छ जना घाइते भएका थिए। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ।

प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ। -एएनआई स्पुतनिक

चर्चामा

सम्बन्धित समाचार