शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • न्याय पालिका भित्र समेत किन कुटा मार हुन्छ,

न्याय पालिका भित्र समेत किन कुटा मार हुन्छ,

  • शनिबार, कार्तिक १३, २०७८
न्याय पालिका भित्र समेत किन कुटा मार हुन्छ,

न्याय पालिका भित्र समेत किन कुटा मार हुन्छ,
कार्यपालिकामा कुर्चि ताना तानको हतार हुन्छ।

हाम्रो देशका नेताको शान पनि जवर्जस्त देखदा,
हामिलाई मात्रै होईन संसारलाई नै दिक्दार हुन्छ।

दुश्मनहरुलाई खुसि पारे वीरहरु लडेर आपस मै,
भाई-भाई लड्छौ दुश्मनको योजना साकार हुन्छ।

हिंजो सिक्किम यस्तै भयको थियो ईतिहाश हरौँ,
उस्तै छ हाम्रो देशमा समेत नेताको ब्यापार हुन्छ।

यँहा बार यसोसियसनको पनि प्वाँख लागेको हो,
यिनै न्यायकार कर्मिको एकदिन हार गुहार हुन्छ।

के भनौ एक आर्काको बिरुद्ध मारा मारि गर्नेलाई,
के बिस्वास गर्ने यिन्को न्यायमूर्ति सँग प्यार हुन्छ।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार