बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले गौमुल गाउँकमिटिको अध्यक्षमा देब बहादुर रोकाया सर्बसम्बत

नेकपा एमाले गौमुल गाउँकमिटिको अध्यक्षमा देब बहादुर रोकाया सर्बसम्बत

  • शुक्रबार, कार्तिक १२, २०७८
नेकपा एमाले गौमुल गाउँकमिटिको अध्यक्षमा देब बहादुर रोकाया सर्बसम्बत

बाजुरा — ने.क.पा.एमाले गौमुल गाउ कमिटिको प्रथम गाउ अधिबेशन सम्पन्न भएको छ । नेकपा एमाले गौमुल गाउँ कमिटिको अध्यक्षमा देब बहादुर रोकाया  सर्बसम्बत चयन भएका छन । नेकपा एमाले गौमुल गाउँ कमिटिको उपा अध्यक्षमा गिता बोहोरा सचिवमा मोहन रोकाया, उपसचिवमा धन बहादुर रोकाया र बिरेन्द्र बोहोरा लगायत ७५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जनाएको छ ।
बिहिबार बाजुरामा नेकपा एमालेका ३ ओटा स्थानीय तहको अधिबेशन सुरु भएकोमा नेकपा एमाले गौमुल गाउँकमिटिको अधिबेशन सम्पन्न भएको छ ।

त्यसै गरी बुढिगंगा नगर कमिटि र बुढिनन्दा नगर कमिटिको बन्द सर्त सुरु भएको र आजै सर्ब सम्बत रुपमा सम्पन्न हुने नेकपा एमाले प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन । त्यसै गरी १२ गते अर्थात आजै नेकपा एमाले बडिमालिका नगर कमिटिको अधिबेशन हुने प्रचार बिभाग प्रमुख खड्काले बताएका छन ।

याे संगै बाजुरामा २ पालिका अधिबेशन बाकी रहने छन नाै स्थानिय तह मध्य १५ गते त्रिबेणी नगर पालिका र १७ हिमाली गाउँपालिकाकाे अधिबेशन हुने नेकपा एमाले बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार