शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

  • बुधबार, कार्तिक १०, २०७८
बसको ठक्करबाट महिलाको मृत्यु

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ।

पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन्। शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ। शवको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार