बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जो भन्निन्छ त्यो ब्यबहारमा उतार्नसक्नु पर्छ।

जो भन्निन्छ त्यो ब्यबहारमा उतार्नसक्नु पर्छ।

  • सोमवार, कार्तिक ८, २०७८
जो भन्निन्छ त्यो ब्यबहारमा उतार्नसक्नु पर्छ।

सुरेशकुमार पान्डे — अहिले सम्म नेपालमा भएका धेरैजसो राजनीतिक पार्टीहरुले जे-जे भने जे उनिहरुले चुनावी घोषणा पत्रमा वा आफ्नो घोषणा पत्रहरुमा भन्छन,लेख्छन र मञ्चमा भाषन गर्छन,कलास प्रतिक्षाणमा भन्छन त्यसको ठिक उल्टो ब्यबहार गर्छन।
नेपालको राजनीतिक पार्टीहरु एउटा भन्छन आर्को गर्छन त्यो खास गरेर बुजुर्वा पार्टी र आफुलाई कम्युनिष्ट भन्नेहरुमा पनि लागु हुन्छ।
राप्रपा अनि कांग्रेशहरुको त जनताले बिष्वाशनै गर्दैनन् तर आफुलाई कम्युनिष्ट भन्नेहरुमा पनि त्यहि ब्यबहार प्रष्टरुपमा झल्किन्छ।तर कम्युनिष्ट पार्टीहरुले जनतालाई बढि भ्रम दिन सफल हुनुको कारण जनताले उनिहरुको बिष्वाश गर्नेहरुको लहर ठुलो जमात भयकोले उनिहरुले अहिलेपनि जनतामा ठुलो भ्रम दिन सफल भयकाछन।
सुकुमबासि लाई जग्गा जमिन दिने,जसको जोत उसको पोत,समाजवाद र साम्यवादमा जाने,नयाँ जनविदी क्रान्तिको कुरा गर्छन।अनि आफु सरकारमा गएपछि उनिहरुले बहुदलिए ब्यबस्थालाई नै नौलो जनवादी ब्यबस्था “र बहुदलिए ब्यबस्था एउटै हो भनेर जनतालाई भ्रम दिन्छन।नेपालमा कम्युनिष्टको सुरुवात नौलो जनवादि क्रान्तिको लागि बनेको हो।तर अहिले कम्युनिष्टका कयौं हाँगाहरु भयो ति सबै हांगाले आफुलाई मूल तत्व घोषणा गरेका हुन्छन।सबैले आफुलाई खांटीको कम्युनिष्ट हौं।
जसले बर्गशंघर्ष लाई समेत “जो कम्युनिष्टको आधारभूत सिधान्तहो”त्यसलाई छाड्योर जातिय क्षेत्रिए र कुरा गरेर जनतालाई अलमल्लाउने गर्छन।यिनिहरुले परायजसो पानी धमिलाएर माछा मार्ने गर्छन।कसरी जनतालाई उल्लु बनाउँने र आफु सत्तामा गएर राज गर्ने उदेश्यलेनै उनिहरुले काम गरेका हुन्छन।
हिंजोका झापालिहरुले जसको जोत उसैको पोत हुनुपर्छ भनेर ठुला ठुला जमिदारहरुको खिलाफ शंघर्ष गरेका थिए।पछि उनैले बहुदलिय जनवादलाई यहि जनताको नयाँजनवाद हो भनेर भ्रमछरे।सात दशक पछि आएको सम्बिधान जसले सबैको धर्मलाई सम्मान गरेकोछ त्यो धर्म निरपक्षयलाई खतम गरेर हिंदु धर्म ल्याउँनुपर्छ भन्न थालेकाछन।
हिंजो दश बर्ष सम्म ससस्त्र शंघर्ष गरेका नेताहरु मध्य बाबुराम भट्टराई कम्युनिष्ट बिचारधारानै छाडि सकेकाछन।प्रचण्डले बहुदलिय प्रदिसप्रधालाई आफु माझिएको र खारिएको भन्दै वकालत गरेकाछन।किरण(बैध्य)ले अब राजा सहितको ब्यबस्था चाहिन्छ भन्न थालेकाछन।बिप्लवले धेरै सम्म शंघर्ष गरेर अहिले उनि पनि बिना पिंदको लोटा भयकाछन।यो अबस्थाछ हाम्रो देशका कम्युनिष्ट क्रान्तिकारीहरुको।जो भन्छन त्यो कहिले गरेनन् जो भन्छन ठिक बिपरित गर्छन त्यसैले आज हाम्रो देश उँभो लाग्न सकेकोछैन।देशका राजनीतिक पार्टीहरु यति धेरैछन तल हेर्नुश मैले यो मुहार पुस्तिकामा भेटाएको जस्ताको तेस्तै राख्दैछुँ।फेश बुकमा भेटाएको!राजनीतिक पार्टी र उनको चुनाउ चिंह कुनै साथिले बडो मिहेनत गरेर संकलन गर्नु भयको निम्न अनुसारछ!-
(१. नेपाल कम्युनिष्ट पार्टी एमाले = सूर्य
२. नेपाली काँग्रेस = रुख
३. राष्ट्रिय जनशक्ति पार्टी = छाता
४. राष्ट्रिय प्रजातन्त्र पार्टी = हलो
५. जनमोर्चा नेपाल = पाँचकुने तारा
६.एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) = गोलाकारभित्र हँसिया हथौडा
७. नेपाल गौरवशाली पार्टी = स्याउ
८. समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल = चन्द्रमा
९.राष्ट्रिय जनमोर्चा = गिलास
१०. नेपाल राष्ट्रिय विकास पार्टी = रेडियो
११. समाजवादी पार्टी नेपाल = साईकल
१२. राष्ट्रिय जनमुक्ति पार्टी = घर
१३. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल = गाई
१४. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) = दियो
१५. नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) = हँसिया तारा
१६. राष्ट्रिय जनता दल = भकुण्डो
१७. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) = हँसिया
१८. नेपाल समता पार्टी = माछा
१९. दलित जनजाति पार्टी = जग
२०. नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) = हात
२१. हरियाली नेपाल पार्टी = आँप
२२. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) = त्रिशुल
२३. शिवसेना नेपाल = डमरु
२४.मधेसी जन अधिकार फोरम, नेपाल = हातले समातेको मसाल
२५.नेपाल को-अपरेटिभ पार्टी कापी = कलम
२६. नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) = कोदालो
२७. हिन्दु प्रजातान्त्रिक पार्टी = महिला
२८. नव जनवादी मोर्चा = बालक
२९. नेपाल राष्ट्रिय जनकल्याण पार्टी = दुई आँखा
३०.राष्ट्रवादी मिलन केन्द्र नेपाल = दल गुलाफको फूल
३१.राष्ट्रिय विकास पार्टी = हात्ती
३२. नेपाल कम्युनिष्ट पार्टी (मा.ले.मा. केन्द्र) = मकैको घोगा
३३. मुस्कान सेना नेपाल पार्टी = पुरुष
३४. लिग नेपाल शान्ति एकता पार्टी = घोडा
३५. नेपाली जनतन्त्र पार्टी = बञ्चरो
३६. राष्ट्रिय जन एकता पार्टी = बिजुलीको चिम
३७. नेपाल जनसंघ पार्टी = मयूर
३८. प्रजातान्त्रिक शक्ति पार्टी = घडी
३९. नेपाल जनभावना पार्टी = पानस
४०. राष्ट्रिय जन प्रजातान्त्रिक पार्टी = गैंडा
४१. नेपाल शान्ति क्षेत्र परिषद् = जोडा हात
४२. राष्ट्रवादी युवा मोर्चा चश्मा
४३ नेपाली राष्ट्रिय जनभावना पार्टी = चियादानी
४४. लिवरल समाजवादी पार्टी = बाघ
४५. प्रजातान्त्रिक शान्ति पार्टी = धानको बाला
४६. नेपाली जनता दल = पांग्रो
४७.नेपाल राष्ट्रिय लोकतान्त्रिक दल = टोपी
४८.राष्ट्रवादी एकता पार्टी = परेवा
४९.नेपाली काँग्रेस (राष्ट्रवादी) = धारा
५०. प्रजातान्त्रिक जनमुक्ति पार्टी = काइँयो
५१. जनमुक्ति पार्टी नेपाल = भर्‍याङ्ग
५२.लोकतान्त्रिक जनता पार्टी, = नेपाल हवाईजहाज
५३. नेपाल जागृति दल = आमाको काखमा बच्चा
५४. स-शक्ति नेपाल = तराजु
५५. राष्ट्रिय जनता दल नेपाल = लालटिन
५६.नेपाल प्रजातान्त्रिक युवा पार्टी = क्रस खुकुरी
५७. शान्ति पार्टी = नेपाल षट्कोण
५८. नेपाल जनता पार्टी = कमलको फूल
५९. नेपाल बहुदल पार्टी = मन्दिर
६०. लोक कल्याणकारी जनता पार्टी नेपाल = धनुषकाँड
६१. सद्-भावना पार्टी = तीर
६२. तराई-मधेश लोकतान्त्रिक पार्टी = जोडा गोरु
६३.मंगोल नेशनल अर्गनाइजेशन = कुखुराको भाले
६४ नेपाल साम्यवादी दल = करुवा
६५. नेपाल परिवार दल = साँचो
६६. सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च = दापसहितको खुकुरी
६७. नेपाल राष्ट्रिय पार्टी = खड्ग
६८.मधेशी जनअधिकार फोरम मधेश = चर्खा
६९. नेपाल लोकतान्त्रिक समाजवादी दल = कलम
७०.नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) = डोको
७१. नेपाल दलित श्रमिक मोर्चा = चङ्गा
७२. चूरेभावर राष्ट्रिय एकता पार्टी नेपाल = सुदर्शन चक्र
७३. ताम्सालीङ नेपाल राष्ट्रिय दल = डम्फु
७४. नव नेपाल प्रजातान्त्रिक दल = घण्ट
७५. विवेकशील नेपाली = कुकुर
मिलन ज्यु को वालबाट साभार)
अँझ यस बाहेक पनि पार्टी संगठन होलान प्रवाशमा पनि संगठनहरु छन।साथै समय समयमा पार्टीहरु टुक्रिने प्रकृया निरन्तर चलिनै रहेकोछ।
अहिले पार्टी घरघरमा छन।देशको जन संख्या तिन करोड एक करोड जति बेदेशमा बसेकाछन बाँकि सोझा साजा जनता जसमा महिला बृद्धा र बालखहरु को देशमा उपरोक्त राजनीति दलहरु र तिनिहरुले उठाउँने चन्दाले जनतालाई नै मारपरेकोछ।शहि सत्य र तथ्य कुरा लिएर जनतामा जाने जनतालाई शिक्षित बनाउँन प्रयास गर्ने खाले साना तिना किहि पार्टीहरुलाई छाडेर बाँकि पार्टीहरुले देश र जनताको फाईदाको भन्दा आफ्नो र आफ्नो पार्टीको फाईदा कसरि हुन्छ।कसरी हामि शक्तिशालि हुन्छौँ कसरी सरकारमा पुग्छौँ कसरी भत्ता मिल्छ भन्ने योजनामा नै हुन्छन।यदि जनताको बुद्धि भुटेर सरकारमा पुगेभने कसरी बिदेशीको दलालि गर्ने कति कमिसनमा बिक्ने यहि योजनामा रहेका हुन्छन।हाम्रो देशको समस्या समाधान र बिकासको योजना तिनि पार्टीका प्राथमिकतामा रहंदैनन।
एउटा पार्टी बाट आफ्नो स्वार्थ पुरा नहुँने देखेपछि गुट बनाउँने,अनि आर्को पार्टी खोल्ने वा समानअन्तरका संगठनहरु बनाएर जनतालाई भ्रम दिनेकाम जारिनैछ।यो अबस्थामा जति सुकै क्रान्तिकारी गफ हालेपनि जनताको क्रान्ति झन पछि झन टाडिंदै जानेछ।किनकि एउटा आफ्नै बर्ग फुटेर टुक्रा हुनु भनेको आफै कमजोर हुनुनै हो।त्यसकारणले जो ब्याक्तिगत स्वार्थका लागि सैधान्तिक रुपमा दुई खेमामा बाँटिन्छ त्यो कहिले पनि जनताको पक्षमा दृढता पुर्वक उभिन सक्दैन।उनिहरुको क्रान्तिकारी गफ भनेको हवाई तिरनै हो।भनाई र गराईमा यिनिहरु कहिले समानता वा सन्तुलन ल्याउँन सक्नेछैनन्।

चर्चामा

सम्बन्धित समाचार