बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ

बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ

  • आइतवार, कार्तिक ७, २०७८
बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ

पोखराबाट बाल यौनदुराचारको आरोपमा एक क्यानाडेली नागरिक पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्लेले कोठामै बालकमाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय कास्कीले उनलाई ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । आइतबार दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले रोबर्टमाथि अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।

चर्चामा

सम्बन्धित समाचार