शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सरकार कसरि हुन्छ जनताको उत्थान भनिदेउ,

सरकार कसरि हुन्छ जनताको उत्थान भनिदेउ,

  • आइतवार, कार्तिक ७, २०७८
सरकार कसरि हुन्छ जनताको उत्थान भनिदेउ,

सरकार कसरि हुन्छ जनताको उत्थान भनिदेउ,
देश बादेशमा नागरिकको मान सम्मान भनिदेउ।

तिमि आफैले गर्छौ दलालि सम्राज्यवादको सधै,
हाम्रै देशको कसरि हुनसक्छ यहाँ शान भनिदेउ।

बिदेशीहरु लाई देशभित्र हुलेर देश फिजि भयो,
शन्तान कहिले सम्म खाडि र अफगान भनिदेउ।

एक्किसौं सताब्दिमा नि छुवाछुत बरकरार यँहा,
जनताको समस्या कहिले हुन्छ निदान भनिदेउ।

भन्छौ जापान बनाउँछौँ सुट्जेरलैण्ड भनाउँछौ,
जनता छैन नेपाल भन्दा राम्रो जापान भनिदेउ।

सेते भन्छ श्रोत साधनको कमि छैन देश भित्रमै,
बिकास चाहिन्छ चाहिंदैन तिम्रा उखान भनिदेउ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार