शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • क्रेनबाट लडेर एककाे मृत्यु

क्रेनबाट लडेर एककाे मृत्यु

  • आइतवार, कार्तिक ७, २०७८
क्रेनबाट लडेर एककाे मृत्यु

पर्सा, — बिन्दबासिनी गाउँपालिका-२ गर्दौलस्थित हुलास आईरन प्रालिमा ईलेक्ट्रिसियनमा कार्यरत भारत दिल्ली घर भएका ४० वर्षीय फारुख मियाँको क्रेनबाट लडेर शनिबार साँझ मृत्यु भएको छ ।

कम्मरमा बेल्ट बाँधेर क्रेनमा चढी काम गर्ने क्रममा वेल्ट भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार