बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आफु जनताको माझमा गद्धार भएर बाँच्नु छैन,

आफु जनताको माझमा गद्धार भएर बाँच्नु छैन,

  • शुक्रबार, कार्तिक ५, २०७८
आफु जनताको माझमा गद्धार भएर बाँच्नु छैन,

आफु जनताको माझमा गद्धार भएर बाँच्नु छैन,
सर्वहाराको गफलगाई साहुकार भएर बाँच्नुछैन।

खान लगाउनको जोह त गर्नै पर्छ मानिसहरू ले,
कुनै देशद्रोहीको कहिलै औजार भएर बाँच्नु छैन।

रगत पसिना पोखेर हुर्केको त्याग बलिदानी कथा,
धन र समपत्तिको लागि लाचार भएर बाँच्नु छैन।

बिचार र ब्यबहारलाई मिलाउन सक्दो प्रयास गरें,
सैधान्तिक बिचलनको नै आधार भएर बाँच्नु छैन।

मानिसनै हो यो जगतको चेतनसिल प्राणि मध्यकै,
मानवता रहित राक्षसको औतार भएर बाँच्नु छैन।

जीवनभरीको कमाई ईमानदारी र सच्चाई मात्रैहो,
अबको शेष जीवन कसैको भार भएर बाँच्नु छैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार