शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

  • शुक्रबार, कार्तिक ५, २०७८
स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरी — सुनसरीको कोसी गाउँपालिका–६, भान्टाबारी चोकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाको दमक नगरपालिका–१ बस्ने २६ वर्षीया सासा लिम्बूको मृत्युको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा आज बिहान पौने ४ बजे मृत्यु भएको हो ।

गए राति करिब साढे ११ बजे लिम्बूले चलाएको ‘अनटेस्ट’ स्कुटर अतियन्त्रित भई पल्टिएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार