शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यस्तो छ केशरको औषधीय महत्व

यस्तो छ केशरको औषधीय महत्व

  • बिहिबार, कार्तिक ४, २०७८
यस्तो छ केशरको औषधीय महत्व

१. समुद्री सतहबाट १५००–२५०० मिटरको उचाइमा पाइने यो वनस्पतिको फूलमा आउने स्त्रीकेशर (फूलभित्र रहेको बीउ, केशर) लाई निकालेर छायाँमा सुकाई खलमा पिँधेर २/३ ग्राम धुलोलाई बिहान बेलुका मह, दूध वा पानीसँग खानाले यौनशक्ति (कामोत्तेजना) बढ्दछ ।

२. यसको प्रयोगले अतिसार, शुल, महिलाहरुको महिनावारी राम्रोसँग नहुने समस्या, महिनावारीको बेला रगत बगिरहने, दम खोकी, घाँटीको समस्या, कलेजोमा समस्या, आमवात, नाडीशूल, पिसाब नखुल्ने समस्या, टाउको दुख्ने रोगको लागि अति गुणकारी छ ।

३. घिउमा केशर र चिनीलाई फुलाएर सुँघ्नाले आधा (आधा टाउको दुख्ने) र अति नै टाउको दुख्ने रोगलाई पनि निर्मूल पारिदिन्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर ’ पुस्तकबाट

चर्चामा

सम्बन्धित समाचार