बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • भारतसँग हारेपछि नेपाल उपविजेता

भारतसँग हारेपछि नेपाल उपविजेता

  • आइतवार, अशोज ३१, २०७८
भारतसँग हारेपछि नेपाल उपविजेता

काठमाडौँ– माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो ।

माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै भारतले ४६ औं र ४७ औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपालको उपाधि उचाल्ने सपना तुहिएको थियो । भारतका लागि सुनील क्षेत्री र अनिरुद्ध थापाले गोल गरेका थिए । खेलको ९० औं मिनेटमा भारतले थप एक गोल गरेको थियो ।
खेलमा नेपालका तर्फबाट गोलका थुप्रै प्रयास भए पनि भारतीय किपरले बचाएका थिए ।

भारतका तर्फबाट दर्जनभन्दा बढी नेपालको पोस्टमा आक्रमण भएको थियो । नेपाली किपर किरण लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । नेपाली डिफेण्डर रोहित चन्दले भारतीय आक्रमणलाई निस्तेज पारेपछि नेपाल थप गोल खानबाट जोगिएको थियो ।

प्रतियोगतामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकामात्र सहभागी थिए । यो पटक राउण्ड रोबिनमा लिग खेलाइएको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो । लिग चरणमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार