बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • देशभर आंशिकदेखि सामान्य बदली, सुदूरपश्चिम भारी वर्षा

देशभर आंशिकदेखि सामान्य बदली, सुदूरपश्चिम भारी वर्षा

  • आइतवार, अशोज ३१, २०७८
देशभर आंशिकदेखि सामान्य बदली, सुदूरपश्चिम भारी वर्षा

काठमाडौँ — देशभर आजको मौसममा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अधिकांश प्रदेशको मौसममा बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार