बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश बिदेशमा घुम्यो करायो त्यो छुट्टै कुराहो,

देश बिदेशमा घुम्यो करायो त्यो छुट्टै कुराहो,

  • मङ्लबार, अशोज २६, २०७८
देश बिदेशमा घुम्यो करायो त्यो छुट्टै कुराहो,

देश बिदेशमा घुम्यो करायो त्यो छुट्टै कुराहो,
क्रान्ति गर्न अरुलाई अरायो त्यो छुट्टै कुराहो।

नौलो जनवाद ल्याउन जुटेका थिए युवाहरु,
बम र गोलि चलायो मरायो त्यो छुट्टै कुराहो।

सर्वहारा क्रान्ति भन्दै हिंड्ने धेरै नेताहरु पनि
अब बुजुर्वा सुःख मन परायो त्यो छुट्टै कुराहो।

बुजुर्वा डिग्रि च्यात्नेहरु समानता आयो भन्थे,
आफुलाई अकुत धन भरायो त्यो छुट्टै कुराहो।

दुईवटा नाउँले शमुन्दर तर्न खोज्नेहरुले भुझौं,
यहि शमुन्दरमा माझि हरायो त्यो छुट्टै कुराहो।

बा क्रान्तिको लागि शहिद भएपनि छैराहरुले,
खाडि देशहरुमा भेंडा चरायो त्यो छुट्टै कुराहो।

नेता अड्कलेर मात्रै बोल्नु झुट्ठको खेती नगरे,
सुरुङ खन्ने नि थरथर डरायो त्यो छुट्टै कुराहो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार