शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • एम सीसी पास भएसी सरकार ढाल्छु भन्छन,

एम सीसी पास भएसी सरकार ढाल्छु भन्छन,

  • बिहिबार, अशोज २१, २०७८
एम सीसी पास भएसी सरकार ढाल्छु भन्छन,

एम सीसी पास भएसी सरकार ढाल्छु भन्छन,
साम्राज्यवादी देशमै आए रांको बाल्छु भन्छन।

सक्छौ भने एम सीसी रोकौँ देश जोगाउँ नेता,
किनहो बिष देशमै आए बल्ल फाल्छु भन्छन।

देश आज पनि तरल जनता आतङ्कित भए,
नेता पनि अचम्मैका संकट परे गाल्छु भन्छन।

हिंजो अमेरीकामा पानी पर्दा छाता ओढ्नेहरु,
बिदेशीहरुको हातमा देश पुगे समाल्छु भन्छन।

बिडम्बना ज्युँदालाई सुसार हुनेभैन यो देश मा,
यिनिहरुले मरेपछि बल्ल पराण हाल्छु भन्छन।

नाटक कार गफडिहरु हुन जसले आज भोली,
तिमि एम सीसी ल्याउ म शंघर्ष थाल्छु भन्छन।

जनताले नि तररर ताली पिट्छन तमाशा भयो,
जिउँदोलाई मारे लाशलाई हामी पाल्छु भन्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार