आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब फेरी पनि यिनै नेताहरु आपसमा कल गर्छन,

अब फेरी पनि यिनै नेताहरु आपसमा कल गर्छन,

  • शनिबार, अशोज १६, २०७८
अब फेरी पनि यिनै नेताहरु आपसमा कल गर्छन,

अब फेरी पनि यिनै नेताहरु आपसमा कल गर्छन,
देशको लागि नाई बिदेशको लागि छलफल गर्छन।

अब कसरी एम सी सी लागु गर्ने साम्राज्यवाद को,
संसोधन गर्यौँ अब देश हितमाछ भन्दै छल गर्छन।

संसदमा बहुमत पुराउँन फेरिपनि यिनि नेताहरुले,
मन्त्री मण्डलहरु मा समेत भारी फेर बदल गर्छन।

धेरैजसो एमसीसीका एजैन्ट हुन साम्राज्यावादका,
हो हाम्रो देशको सम्रचना पनि उथल पुथल गर्छन।

जनतालाई होसियार हुनैपर्छ देशको अबस्थाहेर्दा,
नव लैण्डुपहरु ले राष्ट्रघाती काम पल-पल गर्छन।

हाम्रो देशलाई अकल्पनिय मोडमा लगेका दुष्टले,
बिकाश निकासमा पनि सदै भरी दख्खल गर्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार