सोमवार, कार्तिक ८, २०७८
  • होमपेज
  • समाचार
  • बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

  • शुक्रबार, अशोज १५, २०७८
बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

बाँके — बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका-५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार