शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चण्डालको राज!लघुकथा!

चण्डालको राज!लघुकथा!

  • बिहिबार, अशोज १४, २०७८
चण्डालको राज!लघुकथा!

सुरेशकुमार पान्डे —  रघुपति आज कांग्रेस पार्टीमा प्रवेश गर्ने तैयारी गर्दै थ्यो।
बढो तामझामले आफ्ना समर्थकहरु लिएर पार्टीको आफिसमा पुग्छ।रघुपतिलाई भब्य स्वागत हुन्छ किन कि उ पञ्चायतिकालमा प्रधान पञ्च भएकोले गाउँमा उसैको बढि चल्थ्यो।पञ्चायति ताना शाही कालमा खुंखार ब्याक्ति थियो।जव बहुदलिए ब्यबस्था आयो रघुपतिले धेरै दिमाख लगायो।अरूको पञ्चेको भागा भाग भएकै बेला त्यो रघुपति भने अब कांग्रेस पार्टीमा आफ्नो भबिश्य शुरक्षित देख्छ।उसैलाई पार्टीले पनि प्रमुख बनाई दिन्छन किनकी त्यँहा उसको बिरोध गर्ने एकजना लतरे बाहेक कोई थिएन।लतरेलाई भने अलि दिन पछि पार्टीबाटनै निकाल्दिन्छन।अनुसाशन बिहिन ब्याक्तिको आरोप लगाउँदै।
आज कांग्रेसको रघुपति मुखिया भएपछि हिंजो पञ्चायति बिरोधि जनताहरु हक्क-बक्क थिए।हामिले के को लागि लड्यौँ?उनै पञ्चे उनै कांग्रेस भन्दै त्यँहा कराएको लतरे आज साधारण जनताको कड्घेरामा प्रथ्यो।
हिंजो लतरेको पार्टीमा ठुलो योगदान थियो पञ्चायति कालमा उस्ले गरेको आर्थिक नैतिक भौतिक सहयोगले त्यो ठाउँमा संगठनको राम्रो बिकास पनि भएकै थियो।तर अहिले रघुपतिको प्रवेश भएपछि कसैले पनि उस्को पक्षमा बोल्ने हिम्मत जुटाएनन्।परिणाम रघुपतिको ईसारामा उस्लाई पार्टी बाटनै निकालदिए।
लतरे ईमानदार ब्याक्ति एउटा सैधान्तिक संगठन कर्ता थियो।जन आन्दोलनको बेला उस्को एउटा खुट्टामा गोलि छर्रा पनि लाग्यो तर त्यो बेला उपचार गराएपनि थोरै खोच्चाउँथ्यो।पार्टीले निकालेपछि उ कम्युनिष्ट पार्टीमा प्रवेस गर्छ।केहि बर्ष कम्युनिष्ट पार्टीको लागि दिन रात एक गरेर बिकाश गर्छ।कम्युनिष्ट पार्टीमा उस्को राम्रो सम्मान थियो।राम्रो काम गर्दा उस्को प्रभावमा जनमत जुट्यो।उ पनि आफुलाई कम्युनिष्ट पार्टीको कार्यक्रता बनाउन पाउँदा गौरव़ गर्थ्यो।समय बदलिंदै जांदा एक दिन उस्ले भनेको जस्तै क्रान्तिको आंधिवैरीको उठान हुँनथाल्यो।नेकपा माओवादीले निकट भबिश्यमा नयाँजनवाद ल्याउछौ भन्दै देशभित्र छिट्टै क्रान्तिकारी गर्ने भन्यो।
कम्युनिष्ट पार्टी माओवादीले ससस्त्र जनयुद्ध लड्ने नीति पारित गय्रो।लतरे पनि त्यो युद्धमा हामफाल्यो।किन भने लतरेलाई देशको आमूल परिवर्तन नगर्दै जनतालाई अधिकार मिल्दैन भन्ने लाग्यो।उता रघुपतिहरुको समुहले राजा संग मिलेर माओवादीको नाउँमा सर्वसाधारण माथि ब्यापक दमन गय्रो।आफ्ना गुण्डाहरु पठाएर माओवादीको नाउमा बैंक लुट्ने काम गय्रो।एसरी उस्ले अकुत धन जुटायो अनि कयौँ जमिन खरिद गरेर त्यसलाई प्लाटिङ्ग गर्न लगायो।यता माओवादी र सरकारको बार्ता चल्न थालेपछि रघुपतिले सोंच्यो अब यो पार्टीको पनि कामछैन।किन देशभित्र कम्युनिष्टहरुको अत्याधिक बहुमतछ।किन मैले पनि यो अबस्थाको फाईदा न उठाउँने भन्ठानेर अब कम्युनिष्ट पार्टी तर्फ लाग्ने निर्णय गर्छ।पैसा भएपछि सल्लाकार पनि अगाडि पछाडि लाम लाग्छन।
रुघुपतिले अब आफु कम्युनिष्ट पार्टीलाई ज्वाईन गर्ने निर्णय गर्छ।उसलाई मौका ढुकेर बसेको बिर्खेले गाईड गर्छ।रघुपति जी अब हजूरलाई मैले मात्रै होईन सबैले कामरेड रघुपति भन्नेछन।तर चुनावको लागि चन्दा त मैले भन्न नपर्ला?बिर्खे तिर एउटा थैलो टकार्छ रघुपतिले उमस्क मस्किन्छ।अनि कम्युनिष्ट पार्टीको सदस्याता दिन्छ।उसँग पैसाथियो बिधि बिधान र कम्युनिष्टका दस्तावेज उस्लाई किन पढ्नु पर्थ्यो?
अब यँहा पनि हजूरकै नेतृत्व रहनेछ!बिर्खेले हातमिलाईँदै हिल चियरमा बस्न आग्राह गर्छ।
उता लतरे सारादिन चुनावी प्रचारमा लागेको थियो आफ्नो कार्यलयमा आउँदा त उहि रघुपति सिटमा बसेकोछ।रघुपति जी हजूर कसरी?लतरे आश्चार्य हुँदै सोध्छ।रघुपति होईन भाई म काम्रेड रघुपति जि भै सके बुझ्यो?अब भित्र प्रवेश गर्दा अनुमति लिएर मात्र आउँनु।रघुपतिले लतरेलाई सम्झाउँछ।
लतरे आफुलाई ठगिएको महेशुर्ष गर्दै गेटबाट बाहिर निस्किन्छ र जँहा पनि चण्डालको राजछ ,जीवन शंघर्ष नै हो मनैमन गनगन गर्छ।

चर्चामा

सम्बन्धित समाचार