आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब बिधुतलाई अचानो बनाउने पहल हुनेछ,

अब बिधुतलाई अचानो बनाउने पहल हुनेछ,

  • बुधबार, अशोज १३, २०७८
अब बिधुतलाई अचानो बनाउने पहल हुनेछ,

अब बिधुतलाई अचानो बनाउने पहल हुनेछ,
यसमा सहमत सबैजसो ठुल ठुला दल हुनेछ।

मुद्धा एम सीसीकै हो तर चाल हुनेछन नौलो,
साम्राज्यवादी नीति लागुगर्ने छलफल हुनेछ।

अब जनता एकतिर नेता अर्को तिर भए भने,
देशभित्र फेरी पनि उस्तै ठुलो गृह कल हुनेछ।

यिनै नेताहरुले त दिनौ आफ्नो रङ्ग बदलिए,
जनताहरु पनि झुक्दै न झुक्ने अटल हुनेछ।

अब अचानो बनाई कपट गर्नेछन बिधुतलाई,
कुरा घुमाएर एमसीसी लागु गर्नेनै बल हुनेछ।

साम्राज्यवादी दलाल न भएका अपवाद भए,
होसियार जनता अब एम सीसी नै ढल हुनेछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार