बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जुँवाको लडाईले कस्लाई फाईदा हुन्छ!

जुँवाको लडाईले कस्लाई फाईदा हुन्छ!

  • मङ्लबार, अशोज १२, २०७८
जुँवाको लडाईले कस्लाई फाईदा हुन्छ!

सुरेशकुमार पान्डे —  अहिले देशभित्रका कयौँ राजनीतिक पार्टीहरु आपसमा एक आर्का संग त लडेकैछन।एउटै पार्टी भित्र पनि झन ठुलो लडाई चलेकोछ।किन यसो भयकोछ यसलाई बुझ्न नितान्त आबस्याकताछ।
राष्ट्रीयता खतरामा परेको बेला देशमा भएका सबै पार्टी राष्ट्रीयताको सवालमा एकता भएर जानु पर्ने हो तर त्यो त टाडाको बिषय भयो स्वंयम एउटै पार्टीका नेताहरुको आपसि खिचलो गुट बन्दि गर्दा कहिं साँच्चै देशभित्रका पार्टीहरुमा ‘रअ’को शडयन्त्र त छैन।पहिले एकजना नेताले चिच्याई चिच्याई भनेका थिए पार्टीमा ‘रअ’प्रवेश भयो।अब पार्टी टुक्रा टुक्रा पर्न सक्छ।”त्यो बिषयलाई धेरैले हावामा उडाए मलाई पनि यो कुरा वाईहात हो भन्ने त्यो बेला लागेकैहो।तर अहिले हेर्दा त्यो कताकति साँच्चै जस्तो लाग्न थाल्यो।मैले यो भन्दा साथिहरुलाई नराम्रो लाग्न सक्छ।तर यसलाई सकारत्मक रुपमा लिन मैले अनुरोध गर्छु।मेरो उदेश्य केवल हामि भ्रममा नपरौँ भन्ने मात्रहो।साथिहरु मिलेर पार्टी संगठन जोगाउँ भन्ने बाहेक अरु कुनै स्वार्थछैन।
अहिलेको अबस्था खास गरेर कम्युनिष्ट भनाउँदा हरुको घटक मध्य वास्तबमा कुनैको पनि अबस्था ठिक र सन्तुलन देखिदैन।सबैले एक आर्कालाई त मैलो म ठिक भन्ने काम भयकोछ।यो अबस्थामा कसरि वाम एकता हुनसक्छ?असलि कम्युनिष्ट त कोईराको काग जस्तै भैसक्यो कम्तिमा वामपन्थिहरुको एकता भए देशलाई लोगाउन सकिन्थ्यो होला।त्यो पनि छैन सबै गुट उपगुटहरुले आ-आफ्ना जुँवा तिखार्दैछन।
देशभित्र २०४२साल देखि जनताले कसम खाने एउटा नेकपा मसाल थियो त्यसैलाई पनि अहिले कसैको नजर लागेको जस्तै भयो।अहिले देशमा राजमो एक्लै धुर्व बन्न सक्थ्यो।सबै मिलेर गयको भए संगठन देशभित्रमा बलियो भएर अगाडि बढ्न सक्थ्यो।
त्यसमा पनि आपसमा खिचलोछ समानतरको संगठनहरु बनाएर मसाललाई दक्षिण पन्थिको आरोप लगाए पछि आम जनता हक्का बक्का भएकाछन।आखिर किन यस्तो भयो हाम्रो देशभित्र।के साँचै पार्टीहरुलाई ‘रअ’ले त खेलाएकोछैन?यस्तो सवाल सिर्जना हुनपुगेकोछ।
पुसको पाँच गते देखि अहिले सम्मको देशभित्रको सरकारको समेत अबस्था उस्तैछ।देशमा बिधुतलाई अचानो बनाएर एमसीसीको सिकार खेल्ने दाउँमा बर्तमान सरकारछ।
मैले यो भन्दा पनि पहिले दुईवटा लेखहरु बिधुतको अबस्था र कुलमानको नियुक्ति सम्बन्धि लेखेको थिएं।कुलमानलाई पहिले किन हटाए र अहिले किन नियुक्ति गरे?के कुलमानलाई बद्नाम गर्ने शड्यन्त्र त होईन?भन्ने बारे लेख पहिलेपनि दुई चोटी लेखि सकेकोछुँ।
अहिले बिधुतलाई बढि उत्पादन भएको देखाएर यसको प्रसारणलाईन बिछाउँने बहानामा एमसीसीलाई भित्राउँने शड्यन्त्र त भएकोछैन?यदि यो अनुमान ठिक हो भने कुलमान जानि नजानि यसमा सामिल भैसकेकाछन भन्ने कुरालाई बुझ्नु पर्छ।यसबारे पछि प्रष्ट हुँदै जानेछ।अहिले बिधुतको उत्पादनमा बृद्धि भयो यो बिजिलि लाई काँ बेच्ने?भन्दै प्रचार पनि गरिंदैछ।साथै नागरिकलाई इन्डेक्सन चुला बाल्न शुझाएका पनिछन।यदि एउटा सहरमा इन्डेक्सन चुला जलाउँन थाले भने बिजलिको तारहरु जो झरझर हालतमाछन त्यो छिनेर सहरमा बिजलि बाधित हुने निश्चितछ।त्यो अबस्थामा जनताहरुले तार बद्लने माग गर्छन।सरकारलाई बहाना हुन्छ त्यो तार बदल्ने ठेक्का कुनै कम्पनिलाई दिन्छन र एमसीसी भित्राउँन सरकारलाई सजिलो हुन्छ।यसको लागि एल पीजीमा कृतिम अभाब देखाएर पनि त्यो काम पुरागर्न सक्नेछन।
एकतिर जनताले बिधुतको आपुर्ति सुचारु गर्ने मागमा एमसीसी बाट ध्यायन हटाउँछन आर्को तर्फ सहर अन्धकारमा डुब्योभने जनता आफैले एम सीसी लागु गर्ने माग गर्छन।एउटा तिरले दुईटा सिकार खेल्ने दाउँमा सरकारछ।सरकारको यो शड्यन्त्रमा जानी वा नजानि कुलमान समेत सामिल भयकाछन।जनताले जति कुलमान जिको बिस्वास गर्छन त्यति अरुको गर्ने थिएनन त्यसैले गर्दा कुलमानको नियुक्ति सरकारी चाल हुनसक्छ।
अहिले बिधुत का डिफाल्टरहरुको कसैको पनि बाहिर नाम आएकोछैन।देशभित्र कतै परसारणलाईनको काम चलेकोछैन।न कतै मिन्टिनेश भयकोछ यो अबस्थाले के देखाउँछ भने बिधुतलाई सुचारु गर्न भारतलाई बिजुलि बेच्ने भनेर त्यो तिनसए किलो मिटरको लाईन बिछाउँने जिम्मा एमसीसी लागु गरेर ठेक्का दिने प्रयात्न गर्नेछन।जब एमसीसीको देशभरीका जनताले बिरोध गरे त्यसपछि सरकारले एमसीसी पारित गराउँने माहोल तैयार पार्न यो नाटक गरेको हुनसक्छ।
अहिले नेपालका कयौं गाउँमा बिधुत पुगेकोछैन जँहा पुगेकोछ त्यँहाको अबस्था देशभरीका जनता बाट लुकेकोछैन।फेरी पनि बिधुतको खपत भयन भनेर नाटक गरिएकोछ।
सहरमा बारमबार बिधुत अघोषित कट लाग्छ मरमत छैन, ट्रान्सफार्मर को क्षामतामा बृद्धि भयकोछैन।अनि प्रचार बिधुत खपतका छन इन्डेक्सन चुलाका पर्चारछन।देशलाई यस्तो तरल अबस्थामा डोराएर सन१९७२-७३-को सिक्किमको अबस्था नेपालमा सिर्जना गर्न खोजिएकोछ।यो सडयन्त्रमा देशका अधिकांश नेताहरु पुर्व प्रधान मन्त्री अहिलेको सरकारहरु त पक्का पक्किछन।अरुपनि सहयोगि हुनसक्छन भन्न सकिन्छ।देशका जनताले देशलाई जोगाउँने हो भने एकजुट भएर शंघर्ष गर्नै पर्छ।स-साना राजनीतिक पार्टीहरु पनि आपसको जुँए लडाई छाडेर देशको हितमा एक जुट हुनुपर्छ यहि समयको मागपनि हो।हामा फुटेर कसैलाई फाईदाछैन भन्नेकुरा प्रष्टछ।अहिले वामपन्थि र दक्षिण पन्थि भनेर आपसमा लड्यौँ भने देशनै नामेट हुनेछ।

चर्चामा

सम्बन्धित समाचार