शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बुटवलमा करेन्ट लागेर एकको मृत्यु

बुटवलमा करेन्ट लागेर एकको मृत्यु

  • मङ्लबार, अशोज १२, २०७८
बुटवलमा करेन्ट लागेर एकको मृत्यु

बुटवल — बुटवलमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर बुटवलको फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पाको रुम्बा गाउँपालिका–१ का २१ वर्षीय अशोक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टोयोटा अटो वास प्रा.लि.को पुरानो बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट गम्भीर घाइते घर्तीको उपचारको क्रममा रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान शुरु भएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार