शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • श्रीचन्द पाध्यायद्धारा प्रदेश (ख) को सह सचिवमा उम्मेदवारी घोषणा

श्रीचन्द पाध्यायद्धारा प्रदेश (ख) को सह सचिवमा उम्मेदवारी घोषणा

  • मङ्लबार, अशोज १२, २०७८
श्रीचन्द पाध्यायद्धारा प्रदेश (ख) को सह सचिवमा उम्मेदवारी घोषणा

बाजुरा — युवा नेता श्रीचन्द पाध्यायले १४ औँ महाधिवेशन तथा आज हुन गईरहेको जिल्लाको सातौँ अधिबेशनमा बाजुराको प्रदेश (ख) को सहसचिवको उम्मेद्धार रहेको बताएका छन ।

उनले प्रदेश (ख)को सहचिवमा उम्मेदवारको घोषणा गरिसकेका छन । नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु भएर नेपाली काँग्रेस बडिमालिका नगरपालिकलाई बलियो काँग्रेसमा सावित बनाउन सफल भएका युवा नेता श्रीचन्द पाध्याय १४ औँ महाधिवेशन तथा जिल्लाको सातौ अधिबेशनमा प्रदेश (ख) को सह सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
तरुण नेता पाध्यायले नेपाली काँग्रेसमा नेता कार्यकर्ता सबै समेट्ने र आफु निस्ठाकाे राजनीति गर्ने भएकाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा आफू जिल्लाको प्रदेश (ख) काो सह सचिवमा लड्ने घोषणा गरेको बताए ।

तरुण प्रतिनिधिका रुपमा सम्पुणर् पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुणर् सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने पाध्यायले बताएका छन । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ । उनी सानै उमेर देखी पार्टी संगठनमा कृयाशिल हुदै हाल तरूण दलमा रहेर नेतृत्व गरिरहेका छन । उनकाे लगनशिलता र इमान्दार नेताकाे रूपमा चिनिन्छन ।

चर्चामा

सम्बन्धित समाचार