सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भतौकवादी बन्नैका लागि जीवनभरी लड्यौँ

भतौकवादी बन्नैका लागि जीवनभरी लड्यौँ

  • सोमवार, अशोज ११, २०७८
भतौकवादी बन्नैका लागि जीवनभरी लड्यौँ

भतौकवादी बन्नैका लागि जीवनभरी लड्यौँ,
त्यागेर कुसँस्कार समाजमा घरिघरी लड्यौँ।

थाकेनौ अबिचलित निरन्तर देख्नेलाई थाछ,
आस्था र हौशला बुलन्द हुँदा मनपरी लड्यौँ।

कसैले अर्ध पागल कसैले पुरै पागल पनिभने,
कुकुहरु भुक्दै गए फिल्डमा बाघ सरी लड्यौ।

हेरौँ मेरै पनि चार दशकको ईतिहाश साक्षीछ,
नियाल्नु लामु समय बेदाग कसो गरी लड्यौ।

हामि धन पैसाको मोहमा पग्लिनौँ यथार्थमा,
दिनरात नभनि पसिनाकै भेलमा तरी लड्यौ।

हो कालेजको डिग्रि लिएर साहित्यकार भैन,
देश अनि जनताको हितमा खरखरी लड्यौ।

अहिलेका सुखभोगि लाई केथा शंघर्ष केहो,
बतास न घाम न असिना यौद्धा सरी लड्यौ।

चर्चामा

सम्बन्धित समाचार