शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बिरेन्द्रराज गिरीद्धारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

बिरेन्द्रराज गिरीद्धारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

  • सोमवार, अशोज ११, २०७८
बिरेन्द्रराज गिरीद्धारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

बाजुरा — युवा तथा विद्यार्थी नेता विरेन्द्र राज गिरी १४ औँ महाधिवेशन प्रतिनिधिको उम्मेदवारको घोषणा गरेका छन् । नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु भएर नेपाली काँग्रेस त्रिवेणीलाई बलियो काँग्रेसमा सावित बनाउन सफल भएका युवा तथा विद्यार्थी नेता विरेन्द्र राज गिरी १४ औँ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन् ।
विद्यार्थी नेता गिरीले नेपाली काँग्रेसमा नेता कार्यकर्ता सबै समेट्ने र आफु निस्ठाको राजनीति गर्ने भएकाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा आफू केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला तर्फ) लड्ने घोषणा गरेको बताए । गिरीले २०६६ देखी २०७७ सम्म नेबिसंघ त्रिचन्द्र क्याम्पस ईकाइ सह सचिव भएका थिए भने २०७० देखी २०७२ सम्म पनि घ त्रिचन्द्र क्याम्पस ईकाइ सह सचिव र २०७२ देखी नेबिसघं केन्द्रीय सदस्यमा निर्बाचित सदस्य हुन । हाल बाजुराबाट महाधिबेशन प्रतिनीधीमा उम्मेद्धारी घोषणा समेत गरेका छन ।
विद्यार्थी प्रतिनिधिका रुपमा सम्पुणर् पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुणर् सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने गिरीले बताएका छन । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार