बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • इटहरीमा दिउँसै छुरा प्रहार गरी हत्या

इटहरीमा दिउँसै छुरा प्रहार गरी हत्या

  • शनिबार, अशोज ९, २०७८
इटहरीमा दिउँसै छुरा प्रहार गरी हत्या

इटहरी — सुनसरीको इटहरीमा शुक्रबार दिउँसो छुरा प्रहारबाट एक युवाको हत्या गरिएको छ। इटहरी ३ सुनौलो वस्तीका २२ वर्षीय राजु थापाको हत्या गरिएको हो।

स्थानीय ५८ वर्षीय देविप्रसाद अधिकारीले छिमेकी थापालाई सामान्य विवादमै छुरा हानेका हुन्। राजुका भाइ दिपेश र अधिकारीबिच घाँसको बारेमा भएको विवाद मिलाउन पुगेका राजुलाई छातिमा छुरी प्रहार गरिएको थियो।

उपचारका लागि लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। अधिकारी र राजुका भाइ दिपेश इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन्।

चर्चामा

सम्बन्धित समाचार