शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • ठमेलमा जर्मन नागरिक मृत फेला

ठमेलमा जर्मन नागरिक मृत फेला

  • शुक्रबार, अशोज ८, २०७८
ठमेलमा जर्मन नागरिक मृत फेला

ठमेलको एक होटलमा जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएका जर्मन नागरिकको नाम डेविड मिटज्याकट रहेको खुलेको छ । ठमेलको विहानी होटलमा मिटज्याकको शव भेटिएपनि विस्तृत जानकारी खुलिनसकेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालले जानकारी दिए ।

उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट आएपछि घट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ । मृतकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार