बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • बझाङको छबिस पाथिभेरा गाउँपालिका ७ मजखोरीमा तरकारी खेतीबाट मनयग्य आम्दानी गर्दै किट्टी देवी मण्डेल

बझाङको छबिस पाथिभेरा गाउँपालिका ७ मजखोरीमा तरकारी खेतीबाट मनयग्य आम्दानी गर्दै किट्टी देवी मण्डेल

  • शुक्रबार, अशोज ८, २०७८
बझाङको छबिस पाथिभेरा गाउँपालिका ७ मजखोरीमा तरकारी खेतीबाट मनयग्य आम्दानी गर्दै किट्टी देवी मण्डेल

शिवजी मण्डेल — बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ७ मजखोरीमा तरकारी खेती व्यवसायबाट किट्टी देवी मण्डेलले मनयग्य आमदानी गर्न थालेकि छन् । २०७७ सालबाट शुरु गरेको व्यवसाय अहिले दुई वटा पोलि हाउस प्लास्टिक घर अथवा टनेलमा टमाटर बैकन भेडेखुर्सानी ,खुर्सानी , लौका ,बन्दाकोपी काउली लगाएत विभिन्न किसिमका तरकारी फलाएर मनयोग्य आमदानी गर्न थालेकी हुन् ।
उनले छबिस पाथिभेरा गाउँपालिकाको ग्रामीण जलस्रोत परियोजनाबाट २०७७ सालमा तरकारी खेती गर्नका लागि एउटा टनेल पाएकी थिइन् । भने त्यस्तै २०७८ सालमा पनि गाउँपालिकाको कृषि शाखाबाट अर्को टनेल पोलि हाउस पाएकी उनलेे बताइन् ।
मण्डेलले भनिन् टनेल पाएपछि आफूले काठ खर्च र अन्य खर्च गरि एउटा पोली हाउस निर्माण गर्दा ३० हजार र दुई वटा गरि ६० हजार लगानी लागेको छ।

मण्डेल आफू एक्लै मात्र नभएर आफ्नो परिवारनै तरकारी खेतीमा लागेको सुनाइन् । उनको परिवारमा आफू श्रीमान र दुई छोरा रहेका छन्

गाउँघरमा पहिला तरकारी उत्पादन नहुँदा बजाराट सडेगलेको तरकारी किनेर खाने गरेको भएपनि आफूले तरकारी उत्पादन गर्न थालेपछि बजारको तरकारी भन्दा गाउँघरमै फलेको तरकारीले राम्रो बजार पाउने गरेको छ
बजारको कुनै समस्या नभएको र अझै पनि आफैंले तरकारी पुर्‍याउन नसकेको उनले बताएकी छन् ।

पहिले घर खर्च चलाउन समस्या हुने गरेको भएपनि तरकारी खेती व्यवसाय गर्न थालेपछि घर खर्च चलाउन सहज भएको छ , आफूले तरकारी खाइ आफन्तलाई दिई फेरि वर्षेनि १ लाख बराबर आम्दानी हुनेगरेको मण्डेलले बताइन् ।

पहिलोपटक व्यवसाय गरेको हुनाले त्यति सबै जानकारी नभएको नहुँदा पहिला राम्रो फलाउन नसके भएपनि पछि गाउँपालिकाको कृषि शाखाले तालिम दिएपछि व्यवसायमा राम्रो सुधार आएको उनको भनाइ रहेको छ।

अरूको देशमा गई दुःख कष्ट गर्नुभन्दा आफ्नै देशमा सानै भएपनि आफूले व्यवसायको थालनी गरिकी हुँ उनी भन्छिन् , बिदेशीएका दाजुभाइ दिदीबहिनीहरूलाई पनि अरूको देशमा गएर दुःख कष्ट मेहनत गर्नुभन्दा आफ्नै देशमा मेहनत र सानै भएपनि कुनैकुनै व्यवसायी गर्न समेत आग्रह गरेकी छन् ।
उनी भन्छन् केही पनि ठूलो बाट सुरु हुँदैन सानैबाट सुरु हुन्छ त्यसैले पहिलो ठुलो आम्दानी खोज्नु भन्दापनि सानैबाटै ठूलो हुने हो बुझ्नुपर्छ । पहिला आफूले पनि सानैबाट व्यवसाय सुरु गरेको बताउछिन् अहिले भने राम्रो आम्दानी हुनेगरेको छ ।

चर्चामा

सम्बन्धित समाचार